२०७७ जेठ ०५ ( सोमबार ) चितवन / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न बाेटे समुदायलाई लक्षित गरेर राहत वितरण गरिएकाे छ । एरिया ३ अन्तर्गतका सम्पुर्ण लियो क्लब र कुशल तारा प्रोजेक्टको संयुक्त आयोजनामा साे राहत वितरण कार्यक्रम संम्पन्न भएकाे हाे ।
देवघाट गाउँपालिका वडा नं ५ भुवनटारकाे ५२ घरधुरीका बाेटे समुदायलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्री वितरण गरिएकाे छ । प्रति घर परिवार १ बोरा चामल, २ किलो दाल, १ पोका नुन, १ लिटर तेल, २ वटा साबुनकादरले राहत वितरण गरिएकाे लियो क्लबका सन्दिप पाठकले जानकारी दिए । देवघाट ५ स्थित श्री सिद्धमहाकाली माध्यमिक बिधालयको प्राङ्गणमा सामाजिक दुरी कायम गरी साे राहतवितरण कार्यक्रम गरिएकाे उनले बताए ।
"जहाँ आवश्यकता त्यहाँ हामी "- भन्ने नाराका साथ सम्पन्न साे कार्यक्रममा सामाजिक अभियन्ता तथा सहयोगी मनकी धनि श्रेया गजुरेल लगायतका सहयोग दाताहरूले सहयाेग गरेका थिए ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )





No comments:
Post a Comment