–जय पाठक (जे.पी.)
२०७५ चैत्र ७ ( बिहीवार ) चितवन / आमा बुबाको सपना पुरा गर्नु असल सन्तानको कर्तव्य हो । आफ्नो छोराछोरी प्रगति गरून् भन्ने चाहना सबै अभिभावकमा हुन्छ । त्यस्तै उदाहरणीय व्यक्ति हुनुहुन्छ रामपुर चितवनका स्वास्थ्यकर्मी केशव कुमार श्रेष्ठ । आफ्नो जन्मथलो तनहुको भानु नगरपालिका मानेचौका बजारमा श्रेष्ठले आफ्नो बुवाको स्मृतिमा गणेश भगवती मन्दिर निर्माण गर्नु भएको छ ।
उहाँ र परिवारले आफ्ना बुवा रामकुमार श्रेष्ठको स्मृतिमा आफ्नै जग्गामा मन्दिर निर्माण गर्नु भएको हो । निजि जमिनमा निर्माण गरिएको मन्दिर सार्वजनिक हितमा समर्पण गरेको श्रेष्ठले बताउनु भयो । चितवनमा कृषा औषधि पसल सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले बुवाको सपना अनुसार नै मन्दिर निर्माण गरेको जानकारी दिनु भयो ।
नेपाली युवायुवतीको विदेशीमोह बढदै गएको बेला नेपालमै बसेर प्रगति गर्नसकिन्छ भन्ने अर्को उदाहरण पनि हुनुहुन्छ युवा स्वास्थ्यकर्मी केशव कुमार श्रेष्ठ । उहाँले आफ्नै मेहनतले रामपुरमा घर बनाउनु भएको छ भने आफ्नै व्यक्तिगत गाडी सवार गर्नुहुन्छ ।
फोटो फिचर :
आफ्नो मेहनतमा विश्वास गर्ने सबैलाई सहयोग गर्ने मिलनसार स्वभावको श्रेष्ठभरतपुर अस्पतालको ईमर्जेन्सी विभागमा कार्यरत हुनुहुन्छ भने नेशनल सिटी हस्पिटलको पुर्व फार्मेसी सञ्चालक समेत हुनुहुन्छ ।
उहाँ अहिले वैदेशिक भ्रमणको क्रममा दुबईमा हुनुहुन्छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )









No comments:
Post a Comment