पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Tuesday, June 2, 2020

विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी ।


-नरेश पाण्डे
  विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी । औषधीबिनाको उपचार सम्भव छैन । त्यो तपाईं–हामीसबैले बुझेको कुरा हो । अनि त्यही उपचार गर्ने औषधीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् “फर्मासिष्ट” अर्थात् “औषधीविज्ञ” ।

     नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम फार्मेसी व्यवसाय भन्नाले औषधी उत्पादन ,गुणस्तर कायम , औषधी कारखानाको निरीक्षण तथा सिफारिस , उत्पादित औषधीको भण्डारण तथा आपूर्ति गर्ने प्रविधिको छनोट आपूर्तिको सुपरिवेक्षण तथा औषधी सेवनगर्न उपयोगी गुणस्तरयुक्त ,असरयुक्त र सुरक्षित छ भनी प्रमाणित गर्ने व्यवसाय सम्झनु पर्छ र सो शब्दले हस्पिटल फार्मेसी समेतलाइजनाउछ । फर्मासिष्ट भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी बिषयमा कम्तिमा स्नातक वा सो सरह योग्यता प्राप्त व्यक्तिबुझिन्छ र फार्मेसी सहायक भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी बिषयमा कम्तिमा प्रमाणपत्र वा सो सरह योग्यता प्राप्तगरेको व्यक्ति भन्ने बुझिन्छ ।



   धेरै जस्तो जनशक्तिहरू विदेश पलायन भइसकेका छन् भने केही जनशक्ति पलायन हुने सोचमा छन् ।कारण राज्यले फर्मासिष्ट रफार्मेसी सहायको उचित ब्यबस्थापन गर्न नसक्नु र समाजले आफ्नो पेशालाइ चिन्न नसक्नु हो । सरकारले जारी गरेको निर्देशिका कार्यान्वयन गर्दा पनि धेरै जनशक्तिले रोजगार पाउने अवस्था छ तर त्यो निर्देशिका कागजमा मात्रै सिमीत छ । हाल अधिकांश फार्मेसीहरू अनुभवको आधारमा गैरकानुनी ढङ्गबाट चलिरहेको पाइन्छ सम्बन्धित निकायको अझसम्म पनि यस कुरामा ध्यान पुग्नसकेको छैन ।



    औषधी क्षेत्र  र औषधी सम्बन्धी ज्ञान भनेको अति महत्वपुर्ण  र संवेदनशील क्षेत्र र ज्ञान हो । आजको समयमा कुनै पनि औषधी सेवननगर्ने व्यक्ति बिरलै होलान ,तथ्यांकलाई नियाल्दा अहिलेको स्थितिमा औषधी खान नपाएर भन्दा औषधी खाएर मृत्यु हुनेको सङ्ख्याबढि देखिन्छ । दक्षजनशक्तीबाट औषधी बितरण नहुदा औषधीको बारेमा प्रयाप्त जानकारी बिरामीसम्म पुग्न सकेको छैन । औषधीप्रयोग गर्दा अपनाउनुपर्ने साबधानी र त्यसको साइड इफेक्टको कारणले  गर्दा आज कैयौँ ब्यक्तीले ज्यान गुमाउन परेको छ भने कैयौँ अपाङ्गताको सिकार हुन पुगेका छन् । साथै अनावश्यक एन्टिबायोटिक्स् स्टेर्वाइडको प्रयोग बढिरहेको छ । अनावश्यक रूपमाएन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधी पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधीले कामगर्न छाड्ने नेपाल लगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ । 



 एकातिर सरकारले औषधीलाई हरेक बजेटमा जोड दिदै आएको छ भने अर्कोतिर शिक्षित जनशक्तिलाई बेवास्ता गरेको पाइएको छ ।नेपालमै भएका दक्षजनशक्तीको उचित सम्मान स्वरूप प्रयोग नहुनु प्रमुख कारण नै नेपाल औषधी उत्पादनमा अझसम्म आत्मनिर्भर बन्नसकेको छैन । औषधी उधोगको स्थापना बढ्दै गएता पनि दक्ष जनशक्तिको अभावले गर्दा छिमेकी मुलुकबाट जनशक्ति ल्याएर उधोगसन्चालन गर्न बाध्य हुन परेको छ जस्ले गर्दा हाम्रो जनशक्तिहरू ओझेल परेका मात्रै होइन आफ्नो क्षमता अभिबृर्दि गर्न पाएका छैनन्,पुजी बाहिरीएको छ । यसकुरामा सम्बन्धीत निकायको ध्यान जान जरूरी देखिन्छ । औषधी लगायत औषधीजन्य पदार्थहरूको लागिविदेशको मुख ताक्नु पर्ने अवस्था आगामी दिनहरूमा नआओस् ।



     “जहाँ औषधी त्यहाँ फर्मासिष्ट” र “फार्मेसी फर्मासिष्टद्वारा सन्चालन” भन्ने नारा यो कता कता फार्मेसी दिवसको दिन मात्र  सुनिदैआएको पाइन्छ यो नारामा मात्र सिमित नभइ व्यावहारमा उतार्न जरूरी छ । अन्तमा : फार्मेसी व्यवसाय र फर्मासिष्ट पेसालाई थपमर्यादित र गुणस्तरीय बनाउन सरोकारवाला ,सम्पूर्ण विश्वविद्यालय, विभिन्न अधिकारकर्मी ,पेशागत व्यक्ति र आम मानिसहरूको सहकार्य र सहयोग हुन जरूरी छ । 



     देशमा थुप्रै सम्भावनाहरू छन् त्यस्ता सम्भावनाहरू खोजी गर्न तथा औषधीजस्तो संवेदशील क्षेत्रको विकास गर्न तथा स्वास्थ्य क्षेत्रकोसम्पूर्ण विकासमा फर्मासिष्टहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसको लागि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, राज्य र त्यसमातहतका सम्बन्धित निकायको पनि सहयोग र साथको खाँचो छ, औषधीको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्य जस्ता कुराकहिल्यै नभुलौँ । बिरामीको उपचार गर्नु हामी सम्पूर्ण स्वास्थ्यकर्मीको मूल उद्देश्य हो, त्यसको लागि हातेमालोँ गरौँ । 

(लेखक पाण्डे श्री मेडिकल एण्ड टेक्निकल कलेज चितवनमा बि.फार्मेसी अध्यनरत छन् )


  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन