पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Monday, September 25, 2017

स्वास्थ्य क्षेत्रको जिम्मेवार व्यक्ति हुन फर्मासिष्ट

-जय पाठक (जे.पी.), 
      २०७४ असोज ०९ (सोमबार) । आज फर्मासिष्टहरूको विशेष दिन । सेप्टेम्बर २५ अर्थात् “विश्व फर्मासिष्ट दिवस” । “ अनुसन्धानदेखि स्वास्थ्य हेरचाहसम्म : तपाईंको फर्मासिस्ट तपाईंको सेवामा’’ भन्ने नाराका साथ यस वर्ष नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

      औषधीबिनाको उपचार सम्भव छैन । त्यो तपाईं–हामी सबैले बुझेको कुरा हो । अनि त्यही उपचार गर्ने औषधीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् “फर्मासिष्ट” अर्थात् “औषधीविज्ञ” । विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी तर विडम्बना नेपालमा त्यस्तो हुन सकेन । कानुन छ, तर कारवाही हुँदैन, हुन्छ त केवल ‘नेपालको कानुन दैवले जानुन्’; नियम बन्छ, तर कार्यान्वयन हुँदैन; जे बन्छ , त्यो कागजमा मात्र सीमित हुन्छ । सबै क्षेत्र केवल बन्छ त अस्तव्यस्त मात्र; अनि कसरी हुन्छ विकास ? यसको जिम्मेवार निकाय को ? अनि कसले गरिदिने त्यसको अनुगमन ? अनि टाउकोमा हात राखेर भन्नै पर्ने बाध्य बनाइन्छ “बिग्रिएको घरको भत्किएको चाला ।”

     “एउटा चिकित्साकले एकचोटि गरेको गल्तीले एक जना बिरामीको स्वास्थ्यमा असर पर्छ, तर एउटा फर्मासिष्टले त्यही एकचोटि गरेको गल्तीले हजारौँ बिरामीहरूको स्वास्थ्यमा असर पर्छ । त्यसकारण सधैँ संयमित भएर पढ्ने गर ।” एक जना शिक्षकले बि. फार्मेसी कक्षा सुरु भएको पहिलो दिन भन्नुभएको थियो – “अहो ! कसरी ?’’ मैले निकै उत्सुकताका साथ प्रश्न गरेँ – “औषधी कम्पनीमा एउटा ब्याचमा लाखौँको सङ्ख्यामा औषधी उत्पादन गरिन्छ । त्यस समयमा फर्मासिष्टबाट एउटा सानोमात्र गल्ती हुन पु¥यो भने त्यसको सेवन गर्ने बिरामीहरूमा त्यसको असर पर्छ । त्यति मात्र कहाँ हो र, तिमीहरूले पत्ता लगाएको कुनै एउटा नयाँ औषधी राम्रोसँग अध्ययन नै नगरी बजारमा आयो भने त्यसको असर कति बिरामीमा पर्ला ? आफैँ सोच त, त्यसकारण आफ्नो पेसाको संवेदनशीलतालाई कहिल्यै नभुल्नु” उहाँले भन्नु भएको थियो ।
     विभिन्न अध्ययनहरूलाई हेर्ने हो भने यहाँ औषधी खान नपाएरभन्दा खाएर मर्ने तथा त्यसको शरीरमा नकारात्मक असर पर्नेहरूको सङ्ख्या बढी देखिन्छ । कारण हो, औषधीको विवेकपूर्ण प्रयोग नहुनु । हामी चिकित्सक र फर्मासिष्टको सल्लाहबिना नै आफूखुसी वा हचुवाको भरमा औषधी प्रयोग गछौं, अझै भनौं आफ्नो घर वा छिमेकको व्यक्तिलाई बिरामी पर्दा ल्याएको औषधी आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जचाउँनुप¥यो, अनि किन सल्लाह लिइराख्नु प¥यो भन्छौँ र त्यसको प्रयोग गर्छौँ । त्यो औषधी आफूले प्रयोग गर्नु हुन्छ कि हुँदैन, त्यसको प्रयोगले आफ्नो स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्ने जस्ता कुरामा खासै ध्यान दिँदैनौं । जसको कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्या समेत नआउला भन्न सकिँदैन, त्यसले गर्दा हाम्रो शरीर जोखिममा समेत रहन सक्छ ।
    अनावश्यक रूपमा एन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधी पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधीले काम गर्न छाड्ने नेपाल लगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ । बच्चा जन्मेदेखि नै हाइ–डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ । “मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन त्यहि दिनोस् ।” प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? विचरा त्यो अबोध आमा–बाबुलाई के थाहा, त्यहाँ उनीहरूमा जानकारीको अभाव छ । औषधीको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधीको अन्धा–धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभावकारी औषधी बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय सङ्कटकाल नआउला भन्न सकिँदैन । त्यसतर्फ फर्मासिष्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ ।
     हस्पिटलका फार्मेसीहरू निजीकरण गरिनु, जसले गर्दा आम उपभोक्ता औषधीको गुणस्तर र मूल्यमा ठगिनुपरेको गुनासाहरू बाहिर आउने गरेको छ । देशका होनाहार युवायुवतीहरू लागु औषधीको दुव्र्यसनमा फस्नु, स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मी स्वयम् यसबाट अछुतो नरहनु; गर्भनिरोधक ७२ घण्टे आकस्मिक चक्की अस्थायी साधनका रूपमा प्रयोग गरिनुलाई युवापुस्ताले फेसन नै बनाएका छन्, जसको कारणले औषधीको दीर्घकालीन असर हुनाका साथै त्यस्ता व्यक्तिहरूले सावधानी नअपनाउँदा यौनजन्य सरुवा रोगको प्रकोप बढ्ने उच्च जोखिम समेत उत्तिकै देखिन्छ ।
  बिना दर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाहरूको पनि आफ्नो लाइसेन्स नहुनु, औषधी बिक्री–वितरण गर्दा फर्मासिष्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधिहरू सञ्चालन भइराख्दा पनि विभिन्न कानुनहरू हुँदाहुँदै पनि औषधीको हालीमुहाली सुम्पिएर बसेको संस्था – औषधी व्यवस्था विभाग “म पिटे झैँ गर्छु तँ रोए झैँ गर्’’ भनेजस्तै गरेर मूकदर्शक बनेर बसेको देखिन्छ । यो लाचारीपन कहिलेसम्म हावी रहने हो ? फार्मेसी लगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस् । औषधी लगायत औषधीजन्य पदार्थहरूको लागि विदेशको मुख ताक्नु पर्ने अवस्था आगामी दिनहरूमा नआओस् ।
     देशमा थुप्रै सम्भावनाहरू छन् त्यस्ता सम्भावनाहरू खोजी गर्न तथा औषधीजस्तो संवेदशील क्षेत्रको विकास गर्न तथा स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासमा फर्मासिष्टहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसको लागि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, राज्य र त्यस मातहतका सम्बन्धित निकायको पनि सहयोग र साथको खाँचो छ, औषधीको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्य जस्ता कुरा कहिल्यै नभुलाैँ । बिरामीको उपचार गर्नु हामी सम्पूर्ण स्वास्थ्यकर्मीको मूल उद्देश्य हो, त्यसको लागि हातेमालोँ गरौँ । कोही उपचारबाट बञ्चित हुन नपरोस् । स्मरण रहोस् – “सेवा नै ठूलो धर्म हो ।”
     फार्मेसी लगायत समग्र स्वास्थ्य क्षेत्रको सुधारको निम्ति एकजुट भएर अघि बढाैँ, आफ्नो पेशाप्रति सदैव संयमित एवम् कर्मनिष्ठ भएर लाग्ने प्रेरणा मिलोस् । सबै फर्मासिष्ट, असिस्टेन्ट फर्मासिस्टलगायत फार्मेसी क्षेत्रका सम्पूर्ण आदरणीय महानुभावहरूलाई विश्व फमासिस्ट दिवसको लाखौं–लाख शुभकामना ।

(लेखक पाठक नेशनल सिटी हस्पिटल, चितवनका फार्मेसी इन्चार्ज हुन् ।)
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन