- डा. देविराम पोखरेल
प्लाज्मा रगतमा हुने रक्तकोषिकाहरु बाहेकको तरल पदार्थ हो । यसले शरीरको प्रतिरक्षा प्रणालीमा बिशेष भूमिका खेल्छ, यसमा हुने एन्टिबोडिले मानव शरीरमा बाहिरबाट प्रबेश गर्ने, विभिन्न रोगका जिवाणु तथा अन्य चिजहरुलाई नष्ट गर्छ । जसको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ त्यस्ता व्यक्तिहरुमा कुनै पनि रोग हावी हुन सक्ने सम्भावना रहन्छ।
कोरोना संक्रमणको तथ्यांक हेर्दा हालसम्म आउटकम आएका मध्ये १८ प्रतिशतको मृत्यु भएको छ भने ८२ प्रतिशत मानिस निको भइसकेका छन्। निको हुनेहरुको प्रतिरक्षा प्रणाली बलियो रहेको थियो । निको भएका कोरोनाका बिरामीहरुको प्लाज्मा प्रयोग गरि उपचाररत बिरामीहरुमा राम्रो नतिजा आएको चीनमा गरिएको एक अध्ययनको नतिजामा बताइएको छ । यसकारण नेपालमा पनि यसलाई प्रयोगमा ल्याइ कोरेनाको संक्रमणबिरुद्धको लडाइमा प्रयोग गर्न सकिन्छ। यो तरिका यसभन्दा पहिला फैलिएको स्पेनिस फ्लुको उपचारमा पनि प्रयोग भएको पाइन्छ भने राम्रो परिणाम पनि निस्किएको थियो । कोरोनाविरुद्ध अमेरिकामा पनि चिकित्सकहरुको यसप्रति चासो बढाएको समाचार बाहिरिएका छन्।
- कसरी हुन्छ प्लाज्मा ट्रान्सफ्युजन :
रक्तदानमार्फत नै प्लाज्मा प्राप्त गर्न सकिन्छ। कोरोनाको लागि प्रयोग हुने प्लाज्माको रक्तदाता भने कोरोनाको संक्रमण भइ निको भएको व्यक्ति हुनुपर्छ I जसबाट बिरामीले रोगप्रतिरोधात्मक क्षमता प्राप्त गर्न सक्छ। रक्तदाताको रगतमा कोभिड–१९, एचआइभीं, हेपाटाइटिस् आदिको जाँच गरिन्छ । रक्तदाता कोभिड संक्रमणबाट निको भएको कम्तिमा दश दिन नाघेको भए उपयुक्त हुनसक्छ। रक्त दान गर्न योग्य मानिएपछि, दाताबाट रगत निकालिन्छ, तानिएको रगतबाट एफेरेसिस प्रविधिद्वारा कन्भल्सेन्ट प्लाज्मा छुट्याइन्छ र उक्त प्लाज्मा संक्रमण भएको बिरामीमा प्रवाहित गराइन्छ। रक्तदाता र बिरामीको रगतको समूह पनि मिल्नु पर्ने देखिन्छ।
- लाभ र चुनौति :
नेपालमा कोरोना भाइरस संक्रमण व्यापक नदेखिए पनि देखिन सक्ने संभावना भने प्रबल रहेको कुरालाई नकार्न सकिन्न । चीनमा गरिएको प्रारम्भिक अध्ययनमा यो तरीका प्रभावकारी देखिएको हुँदा हामीले पनि यस उपायमार्फत महामारीको बेला मृत्युदर घटाइ लाभ लिन सक्छौं । यद्यपि, पर्याप्त अध्ययन र तयारी नभएको हुँदा निम्न कुराहरु चुनौतिपुर्ण हुन सक्छन्।
- प्रविधिको अभाव ।
- योग्य रक्तदाताको कमी ।
- सम्भाबित नकारात्मक असर ।
- रक्तदाता अझै संक्रमणमै भएमा अवस्था अझ गम्भीर हुन सक्ने ।
- अन्य उपचारमा वा उपचारहरुबाट प्रभावकारितामा पर्ने असर आदी ।
(लेखक पोखरेल भरतपुर हस्पिटल, चितवनका ,क्लिनिकल फर्मासिष्ट हुन् ।)
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )




No comments:
Post a Comment