२०७४ पुष १५ ( शनिबार ) चितवन / अनन्त आशा नेपालको आयोजनामा आज एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चमेली देवी पिया राष्ट्रिय नि. मा. वि., भरतपुर - ४ मा सम्पन्न सो शिविरमा विधार्थीहरु तथा पिछडिएको समुदायका बालबालिकाहरूकाे स्वास्थ्य परिक्षण गरिएको थियो ।
चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत बालरोग बिषेशज्ञ डा. डिसुजा साक्य लगायतको टिमको सक्रिएतामा सो शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा २०५ जना बिरामीको नि:शुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक बिरामीलाई नि:शुल्क औषधी समेत बितरण गरिएको सँस्थाका उपाध्यक्ष प्रदीप कुमार चौधरीले पाठक हेल्थ खबरलाई जानकारी दिनु भयो ।
अनन्त आशा नेपालको आयोजना तथा चितवन मेडिकल कलेजको सहकार्यमा भएको सो कार्यक्रम बिध्यालय प्राचार्य निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नि:शुल्क स्वास्थ्य शिविरको फोटो फिचर :

No comments:
Post a Comment