पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Friday, October 2, 2015

फर्मासिष्ट दिवसमा विशेष कार्यक्रम (फोटो फिचर सहित)

-जय पाठक (जे.पी.)   
काठमाडौं / सेप्टेम्बर २५ अर्थात विश्व फर्मासिस्ट दिवसको अवसर पारी गतशुक्रबार ग्रयाजुएट फर्मासिस्ट एसोसियसन नेपाल (जिपान) र नेपालभर वि. फार्मेसी अध्ययनरत विद्यार्थीहरुको नवगठीत संगठन फार्मेसी सोसाइटि अफ नेपाल (पिसन)ले एक विशेष कार्यक्रमका बीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएको छ । 

     स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा बोल्ने बक्ताहरुले फार्मेसी क्षेत्र स्वास्थ्य क्षेत्रकै निकै संवेदनशील एवम् महत्वपूर्ण क्षेत्र रहको बताउदै सबैमा संमेमित भएर काम गर्न अनुरोध गर्नुभयो । 

     कार्यक्रमलाई संवोधन गर्दै स्वास्थ्य मन्त्री अधिकारीले फर्मासिस्टहरुको महत्वपूर्ण दिनमा सबैलाई शुभकामना दिंदै यसक्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्न तयार रहेको भन्दै त्यसमा सम्पूर्ण फर्मासिस्टहरुको साथ रहनेमा विश्वास व्यक्त गर्नुभयो  । 

    विभिन्न कलेजका वि फार्मेसी अध्ययनरत विद्यार्थीहरुको  प्रतिनिधित्वहरुको समेत रहेको सो कार्यक्रममा फार्मेसी व्यवसायका सम्भावना तथा चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रमसमेत सम्पन्न भएको छ । जसमा फार्मेसी क्षेत्रमा लामो समयदेखि अनुभव बटुल्नु भएका फर्मासिस्ट एवम् व्यवसायीहरुले नेपालमा फार्मेसी क्षेत्रको विकासको निकै सम्भावना  सँगै चुनौती पनि रहेको भन्दै त्यस्ता सम्भावनाहरुको खोजी गर्दै चुनौती बीच डटेर लाग्न सबैलाई प्रेरित गर्नुभयो । 

    सो कार्यक्रम फार्मेसी क्षेत्र विकासको निम्ति लाभदायी भएको विश्वास व्यक्त गर्दै फार्मेसी क्षेत्रको विकासको निम्ति आफू सधैं लागि रहने  र त्यसको लागि सबैको साथको खाँचो रहेको आयोजक समेत रहनुभएको जिपानका अध्यक्ष नन्दकीशोर भट्टले बताउनुभयो । 

     औपचारिक कार्यक्रम शुरुहुनु अघि पिसनको आयोजनमा नयाँ वानेश्वर देखि माइतिघरसम्म विभिन्न जनचेताना मुलक सन्देश तथा मागहरु लेखिएका प्लेकार्डसहित मौन प्रभातफेरीसमेत निकालिएको थियो । उल्लेखनीय जनसभागिता रहेको सो कार्यक्रम जनचेतना दिलाउने तथा आफ्नो मागहरुप्रति सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संयोजक टेक विकले जानकारी दिनुभयो ।सो कार्यक्रम पिसनका निरज बर्तौलले सन्चालन गर्नुभयको थियो ।

जिपानको आयोजनामा फार्मेसी व्यवसायका सम्भावना तथा चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रमको (फोटो फिचर):












पिसनको आयोजनामा निकालिएको मौन प्रभातफेरी (फोटो फिचर) :








      'फर्मासिस्ट तपाईको स्वास्थ्यको सहयात्री ' भन्ने नाराको साथ यस वर्षको विश्व फर्मासिस्ट दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइयो ।

  •  पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन