पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Tuesday, April 14, 2020

र्यापिड किट र पीसीआरमा किन आउँछ कोरोनाको फरक नतिजा ?

र्यापिड र पीसीआर टेस्टको मुल्यांकन कसरी गर्ने ?


  हाल कोभिड–१९ परीक्षणमा र्यापिड किट र पीसीआर रिपोर्टमा फरक नतिजा आएको विषय बहसमा   छ । नेपाल सरकारले विदेशबाट फर्केकाहरुमा र्यापिड किटद्वारा परीक्षण सुरु गरेपछि केही पोजेटिभ देखिएकोमा पछि पीसीआरबाट गर्दा नेगेटिभ देखिएको र र्यापिड टेस्टमा नेगेटिभ देखिएकोमा पनि पछि पोजेटिभ देखिएको समाचार आएपछि यसले केहि भ्रम उत्पन्न गराएको छ ।  

   के हो पीसीआर र र्यापिड टेस्ट गरिने विधि ? पीसीआर टेस्टः पीसीआर प्रविधीद्वारा गरिने टेस्टमा संक्रमण गराउने जीवाणु वा जीवाणुको कुनै भाग शरीरमा रहेको नरहेको परीक्षण गरिन्छ । जस्तै कोरोना भाइरसको परीक्षण गर्दा नाक, मुख वा स्वासप्रस्वास नलीबाट नमुना लिएर त्यो नमूनामा भाइरस रहेको वा नरहेको परीक्षण गरिन्छ । भाइरस स्वासप्रस्वास नलीबाट नै शरीरमा प्रवेश गर्ने हुनाले यो टेस्ट सुरुको केहि दिनमै पोजेटिभ देखिने हुन्छ ।

   र्यापिड टेस्टः र्यापिड टेस्ट नामअनुसार नै चाडो रिजल्ट निकाल्न धेरै जनामा छोटो र छरितो  तरिकाले संक्रमण भएको छ कि नाइँ भनेर थाहा पाउन प्रयोग गरिने टेस्टको एक तरिका हो । यो दुई किसिमले गरिन्छः शरीरमा रहेको एन्टीजेन वा एन्टीबडी मापन । एन्टीजेन र्यापिड टेस्ट को नतिजा चाडै आउने भएपनि एन्टीबडीबाट आउने नतिजा आउन समय लाग्छ । किनकी हाम्रो शरीरले भाइरस वा कुनै जीवाणु विरुद्दको एन्टीबडी बनाउन र त्यो टेस्टमा देखिन ७ देखि १० दीन लाग्छ । अहिले नेपाल सरकारले हाम्रो देशमा प्रयोग गरिरहेको र्या्पिड टेस्ट एन्टीबडीमा आधारित किट भएको बताइएको छ ।   

र्यापिड र पीसीआर टेस्टको मुल्यांकन कसरी गर्ने ? अहिले नेपाल सरकारले प्रयोग गरिरहेको र्यापिड टेस्ट किटमा आएको नतिजाको मुल्यांकन यसरी गर्न सकिन्छः यदि र्यापिड र पीसीआर दुवै पोजेटिभ आएमाः भाइरस शरीरमा सक्रिय अवस्थामा रहेको छ र हाम्रो शरीरले पनि त्यस विरुद्द लड्ने कोशिस गरिरहेको छ । यो अवस्थामा विरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छन् । 


   र्यापिड टेस्ट नेगेटिभ आएमा र पीसीआर पोजेटिभ आएमाः यो अवस्थामा पनि भाइरस शरीरमा सक्रिय रहेको हुन्छ र यो रोगको सुरुवाती चरण हो जसमा हाम्रो शरीरले एन्टीबडी यथेस्ट  मात्रामा बनाइसकेको हुँदैन । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छन् । यदि र्यापिड टेस्ट पोजेटिभ आएमा र पीसीआर नेगेटिभ आएमाः यो अवस्थामा भाइरसको सक्रियता कम भएको हुन्छ र हाम्रो शरीरको रोगमाथि लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । 


    भ्याक्सिन लगाएको अवस्थामा वा केहि पहिले संक्रमण भएमा यो अवस्था देखिन सक्छ । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्ने सम्भावना निकै कम हुन्छ  । र्यापिड र पीसीआर दुवै टेस्टको आफ्नै फाइदा र बेफाइदा छन् र दुवै शतप्रतिशत सही भन्ने हुँदैन । नमूना संकलन गर्ने तरिकादेखि परिक्षण गर्ने विधिसम्म सबै कुराले आउने नतिजामा फरक पारिरहेको हुन्छ । यसलाई बिरामीको लक्षण, अवस्थाआदि सबैकुरासँग तुलना गरेर मात्र रोग भएको नभएको यकिन गर्न सकिन्छ ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन