पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, April 2, 2020

भरतपुर अस्पतालमा कोरोनाका बिरामी हेर्नेको थप २५ लाखको बीमा गरिँदै


     २०७६  चैत २१ ( शुक्रबार ) चितवन / भरतपुर अस्पतालले कोरोना भाइरसको आशङ्का गरिएका बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि थप रु २५ लाखको बीमा गरिदिने भएको छ । उनीहरुले नेपाल सरकारले तोकेभन्दा २५ प्रतिशत थप प्रोत्साहन भत्तासमेत पाउने भएका छन् ।

    केन्द्रीय अस्पताल बनेपछि विकास समिति गठनसँगै बिहिबार बसेको पहिलो बैठकले सरकारले कर्मचारीलाई रु २५ लाखको बीमा गरिदिएकामा अर्को रु २५ लाखको बीमा थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोनाको आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारमा संलग्न हुनेलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने यसअघि नै घोषणा गरिसकेको छ ।



    विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उपचारमा संलग्नलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउने र क्वारेन्टाइनमा बस्नुपर्नेका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना नियन्त्रणका लागि भरतपुर अस्पतालको नेतृत्वमा दुई वटा मेडिकल कलेज र निजी अस्पताललाई समेत समावेश गरी कोरोनाको सङ्क्रमणको आशङ्का र सङ्क्रमित भएकालाई उपचारको आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ ।

    त्यस्तै मुलुक बन्दको यस अवस्थामा कोरोनाको आशंका गरिएका बिरामीलाई चिकित्सकको परामर्शमा अस्पतालले एम्बुलेन्स घरमा नै पठाएर उनीहरुलाई अस्पताल ल्याउने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो । सोका लागि अस्पताल परिसरमा तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । बैठकले भरतपुर महानगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष (अस्थायीं) अस्पतालका लागि सम्पूर्ण प्राविधिक सहयोग भरतपुर अस्पतालले उपलब्ध गराउने निर्णय गरेको छ ।


     सो अस्पताललाई भरतपुर अस्पतालसँग के कसरी समायोजन गर्ने भन्ने विषयमा योजना तयार गर्न अस्पताल विकास समितिका सदस्य एवं महानगरपालिका प्रमुख रेनु दाहाललाई जिम्मा दिइएको छ । अस्पतालले अपाङ्गताको रातो र निलो परिचयपत्र भएका बिरामीलाई बहिरङ्ग सेवा पूरै निःशुल्क गर्ने र पहेलो परिचयपत्र भएकालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको अधिकारीले जानकारी दिनुभयो ।

     अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको समय तीन महिना थप गरी अर्को बैठकमा दीर्घकालीन उपायको खोजी गर्ने निर्णय बैठकले गरेको छ । बुधबार अध्यक्षको पदभार ग्रहण गर्नुभएका अधिकारी यसै अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँले आफू अध्यक्ष भएसम्मका लागि बेतलबी बिदाको माग गर्नुभएकामा बैठकले सोको स्वीकृति दिएको छ । - रासस



  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन