- जय पाठक (जे.पी.)
२०७६ चैत १८ ( मंगलवार ) चितवन / कोरोना भाइरस (कोभिड–१९) रोकथाम र उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि पर्शनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) पर्याप्त नभएकाे भन्दै भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनले अस्पतालको ध्यानाकर्षण गराएका छन् । कर्मचारीहरूको सुरक्षाका लागि अस्पतालले हल्का रुपमा लिनुले चिकित्सहरूको मनोबल गिरेको युनियनले जनाएको छ ।
कर्मचारी युनियनका उपाध्यक्ष कृष्ण प्रसाद शर्माले विज्ञप्ति जारी गर्दै आधारभुत सामाग्री माग गर्दा समेत जिम्मेवार निकायले हल्का रुपमा लिदै टिकाटिप्पणी हुनुलाई दुःखद् भनेको छ । यस्तै संक्रमणसँग जोखिम मोल्दै उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको समेत व्यवस्था गरी मनोबल बढाउन समेत युनियनले अस्पतालसँग अनुरोध गरेको छ ।
कर्मचारी युनियनका अध्यक्ष इन्जीनियर चन्द्रमणि बस्यालले आफुहरूले राखेका मागहरू केही संम्वाेधन भए पनि पीपीई अझै पर्याप्त नभएकाे बताए ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )




No comments:
Post a Comment