- जय पाठक (जे.पी.)
२०७६ चैत ११ ( मंगलवार ) चितवन / चितवनमा सक्रिय युवाहरूकाे एक समूहले २ हजार माक्स निःशुल्क वितरण गरेका छन् ।
सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको युवा नेतृत्वकर्ता अर्जुन भुसालले हाम्राे डक्टर न्युजलाई जानकारी दिए ।
साेमवार दिउँसो भरतपुर–१० स्थित चौबीसकोठीमा एक हजार र बिहान अन्य क्षेत्रमा समेत गरि २ हजार माक्स निःशुल्क वितरण गरिएकाे भुसालले बताए । युवाहरूकाे साे समुहले चितवनकाे व्यस्त सडक चौबीसकोठीमा यात्रु ,चालक, सहचालक , पैदल यात्री र अन्य सर्वसाधारणलाई माक्स वितरण गरेका थिए ।
बजारमा माक्सकाे अभाव देखिएकाे बेला कोरोना सङ्क्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले माक्स वितरण गरिएको अर्का युवा केशव देवकाेटाले जानकारी दिए ।
स्वास्थ्यकर्मी समेत रहेका देवकाेटाले सबैलाई अत्याबश्यक कामबाहेक बाहिर ननिस्कन र सावधानी अपनाउन आग्रह समेत गरेका छन् । माक्ससँगै पाँच सय जोर ग्लोव्स् समेत वितरण गरिएकाे उनले बताए । चितवनकाे युवाहरूकाे याे समूहले ‘सामाजिक कामका लागि युवा’ भन्ने नाराका साथ विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )





No comments:
Post a Comment