पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Wednesday, March 25, 2020

‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिन ‘हाम्रो डक्टर’


     २०७६  चैत १२ ( बुधवार ) काठमाडौं / विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन्। लकडाउनका कारण घरमै बस्नुपर्ने हुँदा केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ।  
      
      हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरी विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए। सन् २०१६ मा सुरु भएको एपले हाल अनलाईन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ।  एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए। 


   एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ।  मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिन्छ। परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन्।    परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियोसमेत देखाउन सक्छन्।

     एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए।  निःशुल्क रुपमा प्लेस्टोरमा उपलब्ध एप डाउनलोड गरी यस विषम अवस्थामा आफ्ना स्वास्थ्य समस्या तथा जिज्ञासाका बारेमा डाक्टरहरुसँगसहजै परामर्श लिन हाम्रो डक्टरले सबैलाई अपिल गरेको छ।  एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ। हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ। यसका साथै विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्नसक्छन्।  


     कोरोना भाइरसबाट उत्पन्न त्रास र लकडाउनको अवस्थामा अस्पताल जान नसकेका चिकित्सकसँग परामर्श र उपचार सेवा नराम्ररी प्रभावित भएको छ।  यो अवस्थामा चिकित्सक, अस्पताल तथा जनस्वास्थ्यविदहरुले घरमै बसेर चिकित्सकसँग अनलाईन परामर्श गर्न प्रोत्साहित गरिरहेका बेला यो एपका बारेमा धेरैले जानकारी पाउन आवश्यक देखिएको भेटुवाल बताउँछन्।  कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएका बेला एप्लिकेशनले आफ्ना सेवाहरुमा २० प्रतिशत छुटसहितको कुपनकार्ड वितरण गरिरहेको छ। सो कोड हाम्रो डक्टरको फेसबूक पेजमा पाउन सकिन्छ ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन