२०७६ चैत १० ( सोमबार ) काठमाडौं / फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक जना नेपालीमा कोरोना भएको पुष्टि भएको छ । गत मंगलबार १९ वर्षीया एक युवती फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन् । कोरोना पोजेटिभ देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विशेष पत्रकार सम्मेलनमा सो कुराको विषयमा जानकारी गराएको हो । मन्त्रालयका अनुसार उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजि भइरहेको र उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रिपोर्ट हिजो आएको मन्त्री ढकालले जानकारी दिए ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


No comments:
Post a Comment