पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Friday, April 28, 2017

फर्मासिष्ट शक्ति श्रेष्ठको अध्यक्षतामा एनपिए चितवन गठन ।

- जय पाठक (जे.पी.) 
      २०७४ बैशाख १५ (शुक्रवार)  चितवन / नेपाल फर्मास्युटिकल एसोसियसन् (एनपिए ) चितवन शाखाको अध्यक्षमा फर्मासिष्ट शक्ति श्रेष्ठ चयन हुनु भएको छ । विहिवार साँझ भरतपुरमा भएको फर्मासिष्टहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
   एसोसियसनको सचिवमा सुमन पौडेल, कोषाध्यक्षमा अञ्जन पौडेल त्यस्तै गरी सदस्यहरूमा प्रभा अधिकारी र आशिष श्रेष्ठ चयन भएका छन् । सदस्यता र गठन प्रक्रियालाई लिएर केही समय चर्को विवाद भएपनि अन्ततः सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको थियो । कार्यसमिति सदस्यहरू सबै फर्मासिष्टहरू हुन् ।
      एसोसियसन्का केन्द्र अध्यक्ष शशिकान्त चौधरीको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममा केन्द्रीय महासचिव ललितमोहन पन्त विशेष अतिथि रहनुभएको थियो ।

         कार्यक्रममा एसोसिएसन्का केन्द्रीय सदस्य राजकुमार शाह, विदेश विभाग प्रमुख अनुप लुईटेल, स्कुल अफ हेल्थ साइनस चितवनका फार्मेसी विभाग प्रमुख हरिससिहं थापा, टाइम फर्मास्युटिकल्स कम्पनीका प्रवन दाहाल लगायतका चितवनमा विभिन्न संघ–संस्थामा आवद्ध फर्मासिष्ट, फार्मेसी अध्ययनरत विद्यार्थीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
विहिवार  भरतपुरमा भएको फर्मासिष्टहरुको भेलाको केही झलकहरु ( फोटो फिचर ) ;

                                                   फोटो - पाठक हेल्थ खबर 
     कार्यक्रम एन.पि.ए. चितवन संयोजक आशिष गौतमको अध्यक्षतामा सम्पन्न भयो । नेपाल फर्मास्युटिकल एसोसिएसन् फर्मासिष्टहरूको हक, हितको लागि भनेर निमार्ण गरिएको छाता संगठन हो ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन