-जय पाठक (जे.पी.)
२०७३ चैत्र ३१ (बिहीवार) चितवन / चितवनमा फर्मासिस्ष्ट र निजी क्लिनिकसँग क्षयरोग सम्बन्धित एक दिने अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा विहिबार भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले क्षयरोग उन्मुलन कार्यक्रममा फर्मासिस्ट र निजी क्लिनिकको महत्वपूर्ण भूमिका रहेको औंल्याएका छन् ।
“बिरामी सर्वप्रथम केही स्वास्थ्य समस्या देखा पर्नासाथ फार्मेसी र निजी क्लिनिकमा उपचारको लागि जान्छन् । त्यसकारण रोग पत्ता लगाउन तथा समयमै उपचार गर्नुको लागि उहाँहरुको महत्वपूर्ण भूमिका रहन्छ ।” सहभागीहरुलाई सम्बोधन गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले भन्नु भयो ।
“ख्वाक्क खोकि, क्षयरोग (टी.बि.) हो कि ? अर्थात् पटक–पटक खोकी लागेमा क्षयरोगको शंका गरी खकार जाँच गराउनु पर्छ । क्षयरोगको औषधि नियमित सेवन नगर्नाले तथा औषधि बीचैमा छोड्ने जस्ता विविध कारणले औषधिले काम गर्न छोड्ने (मल्टिपल ड्रग रेसिटेण्ड) समस्या देखा पर्न थालेको छ” उहाँले भन्नु भयो । “यस्ता समस्या कम गर्न तथा क्षयरोग उन्मुलन कार्य सरकारको एक्लो प्रयासबाट सम्भव छैन । त्यसमा निजी स्वास्थ्य संस्था र सर्वसाधारण जनताको समेत सहयोग अपरिहार्य छ ।”

कार्यक्रममा उपचारको क्रममा आउने जटिलता एवम् त्यसको समाधानको सम्बन्धमा छलफल गरिएको थियो । साथै , नववर्ष २०७४ सालको एक–आपसमा शुभ–कामना आदान–प्रदान गर्दै सबैको सुस्वास्थ्यको कामना समेत गरिएको थियो ।
सो कार्यक्रममा भरतपुर र त्यस आसपासमा विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत फर्मासिस्ट, फार्मेसी सहायक लगायतका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment