-जय पाठक (जे.पी.)
२०७४ असार १४ (बुधवार) चितवन / नेशनल सिटी हस्पिटललाई अत्याधुनिक इ.एन.टि अप्रेशन माईक्रोस्कोप हस्तान्तरण गरेको छ ।
एक विशेष कार्यक्रमकोबिच मंगलबार सामुदायिक सहयोग केन्द्र नेपालका उपाध्यक्ष राजेन्द्रप्रसाद खरेलले हस्पिटलका अध्यक्ष प्रचण्डलाल प्रधानलाई सो माईक्रोस्कोप हस्तान्तरण गर्नुभएको हो । सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीको पहलमा नेदरल्याण्डको बच्चा र कान नामक संस्थाले सो उपकरण सहयोग गरेको हो ।
सामुदायिक सहयोग केन्द्र,बछौली नेपालको सहकार्यमा हस्पिटलले कानको अप्रेशन गर्नुपर्ने बालबालिकाहरुको निःशुल्क अप्रेशन गर्ने भएको छ ।
अस्पतालको विभिन्न समाजिक उत्तरदायित्व अभियान अन्र्तगत स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका, आर्थिक रुपमा विपन्न जनताहरुलाई समेटेर ‘टोल–टोलमा सिटी हस्पिटल’ नाराका साथ ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने । विभिन्न ठाउँमा गरिएका स्वास्थ्य शिविरमा जाचँ भई अप्रेशन गर्ने सिफासिर भएका बालबालिकाहरुकोे निःशुल्क अप्रेशन गरिने हस्पिटलका प्रबन्धक विक्रम अधिकारीले जानकारी दिनुभयो । जर्मनी प्रविधिमा बनेको मेसिन सो अत्याधुनिक इ.एन.टि अप्रेशन माईक्रोस्कोपको मुल्य झन्डै रु ३० लाख रुपैया रहेको छ ।

सो अवसरमा बोल्दै हस्पिटलका सञ्चालक डा.निर्मल लामिछानेले कान पाक्ने, कान
दुख्ने समस्या र बहिरोपन अन्त्य गर्न इएनटि अप्रेशन माईक्रोस्कोप
महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा हस्पिटलका अध्यक्ष प्रचण्डलाल प्रधान,सञ्चालक डा.निर्मल लामिछाने,प्रबन्धक विक्रम अधिकारी,सामुदायिक सहयोग केन्द्र नेपालका उपाध्यक्ष राजेन्द्रप्रसाद खरेललगायतको सहभागिता रहेको थियो ।
यो मेसिन भित्रिएसगैँ सेवामा नयाँ अध्याय थपिने अस्पतालको विश्वास छ । यस नेशनल सिटी हस्पिटल चितवनले चौबीसकोठीस्थित सुविधासम्पन्न भवनबाट विशेष व्यवस्थापनका साथ आफ्नो नियमित सेवा सञ्चालन गर्दै आएको छ ।
यो मेसिन भित्रिएसगैँ सेवामा नयाँ अध्याय थपिने अस्पतालको विश्वास छ । यस नेशनल सिटी हस्पिटल चितवनले चौबीसकोठीस्थित सुविधासम्पन्न भवनबाट विशेष व्यवस्थापनका साथ आफ्नो नियमित सेवा सञ्चालन गर्दै आएको छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment