जय पाठक (जे.पी.)
२०७३ असार १६ (बिहीवार) चितवन/ नेशनल सिटी हस्पिटलको आयोजनमा एकदिने निःशुल्क स्वास्थ्य सिवीर सम्पन्न भएको छ । टोल टोलमा सिटी हस्पिटल भन्ने मूल नाराको साथ विहीबार सो कार्यक्रम गरिएको हो ।
चितवन ईङ्गलिस बोर्डिङ स्कुल क्षेत्रपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिवीरमा ३५ जना महिला सहित ६० जनाको मृगौंला तथा पिसाबको जाँच गरिएको अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा जनचेतना मुलक स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गरिको थियो । कार्यक्रममा रोगलागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम उपाय हो भन्ने कुरामा जोडदिएको थियो ।
व्यस्त जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक व्यायमको कमि, वातावरणीय प्रदुषण जस्ता विभिन्न कारणले दिनप्रतिदिन स्वास्थ्य समस्या देखिदै गएकोे प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो । त्यसबाट बच्न जनचेतानामुलक कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभयो । विशेष गरी पछिल्लो समय सुगर र पे्रसरको समस्या धेरैमा देखिएको भन्दै यहि श्रावण १ गते हस्पिटल परिसर चौविसकोठीमा यसको निःशुल्क स्वास्थ्य परीक्षण गरिने जानकारी दिनुभयो । सो अवसरको उपयोग गरी स्वास्थ्य परीक्षण गर्नुहुन अधिकारीले सबैमा आग्रह गर्नुभयो ।


No comments:
Post a Comment