२०७३ असार १४ (मंगलवार) चितवन / भोलि असार १५ गते, दही–चिउरा खाने दिन अर्थात् धान दिवसको अवसर पारी पाठक हेल्थ खबर डिजिटल पत्रिकाले दही–चिउरा खाने आयोजना गरिएको छ । सहकर्मीहरू बिच दही–चिउरा खाने कार्यक्रम पत्रिकाको कार्यालय भरतपुरमा आयोजना गरिएको हो ।
हाम्रो कला, संस्कृति र परम्पराको संरक्षणमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्यसको जगेर्ना गर्नको लागि सो कार्यक्रमको आयोजना गर्न लागिएको पाठक हेल्थ खबरका डिजिटल पत्रिकाका सञ्चालक एवम् प्रबन्ध निर्देशक जय पाठक (जे.पी.) ले बताउनु भयो । यस कार्यक्रमले सहकर्मीहरू बिच आपसी भाइचाराको भावनामा अझै प्रगाढ हुँदै जाने उहाँको विश्वास छ । स्वास्थ्यको लागि दही–चिउरा महत्वपूर्ण खानेकुरा रहेको भन्दै नियमित रूपमा यसको उपयोग गर्न समेत पाठकको सुझाव छ ।
प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्य समयको अवसर पारी दही–चिउरा खाने चलन छ । वर्ष दिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाइँ गरी सोही महिनाको मध्य तिथिका रूपमा सो दिन रोपाइँ गरी दही–चिउरा खाने गरिएको हो । गर्मी र वाफिलो मौसममा दही–चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलस्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment