पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Saturday, April 2, 2016

सप्तगण्डकीमा एक दिने स्वास्थ्य गोष्ठि

जय पाठक (जे.पी.) 
       २०७२ चैत २० (शनिबार)  चितवन / सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनमा एक दिने स्वास्थ्य सम्बन्धी गोष्ठि बिहीबार सम्पन्न भएको छ । 

       कलेजमा एम.एड्. स्वास्थ्य संकाय शैक्षिक सत्र २०७०÷०७२ अन्तर्गत दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सो गोष्ठिको आयोजना गरेका हुन । चितवन जिल्लामा क्षयरोगको अवस्था र महिला स्वास्थ्यको लागि महिलाको भूमिका विषयमा कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा एम.एड्. स्वास्थ्य संकाय दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समूहले विभिन्न श्रोतहरुबाट संकलित तथ्याड्ढलाई कार्यक्रममा प्रस्तुत गरेका थिए ।

        साँझपख ज्वरो आउनु, रातमा पसिना आउनु, खाना खान रुचि नहुनु, शारिरीक तौल घट्दै जानु, २÷३ हप्ता वा सो भन्दा बढी खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, बिरामीलाई छाती तथा कम्मर दुख्नु, जस्ता लक्षणहरु क्षयरोगीमा देखा पर्ने स्वास्थ्य शिक्षा मूल विषय लिई अध्ययनरत  विद्यार्थी कमलेस यादवले बताउनु भयो । तथ्याड्ढलाई प्रस्तुत गर्ने क्रममा धेरै जसो समुदायमा स्वास्थ्य सम्बन्धी ज्ञानको अभावको कारण रोगको लक्षण बोकेर पनि उपचार गर्न नआउने, रोग पत्ता लागेका बिरामीले पनि औषधि सेवन नगर्ने , औषधिको मात्रा पूरा नगर्दै बिचैमा औषधि सेवन गर्न छाड्ने जस्ता कारणले उपचारमा समस्या देखा पर्ने गरेको पाईएको उहाँले बताउनुभयो । 

      त्यस्तै गरी महिला सवालको कुरामा ठूल्ठूला भाषण गरिए पनि व्यवहारमा त्यस्तो हुन नसकेको आफ्नो प्रस्तुतिकरणको क्रममा अर्का समुहका विद्यार्थी दिपेन्द्र विकले बताउनु भयो । आफ्नो हकअधिकार, स्वास्थ्यको सम्बन्धमा महिला आफै जागरुप हुनुपर्ने र त्यसमा पुरुषको पनि त्यतिनै साथ रहनुपर्ने उहाँको धारणा थियो । 
विद्यार्थीहरुले मेहनत गरेर विभिन्न श्रोतहरुबाट तथ्याड्ढ संकलन गरी प्रस्तुत गरेकोमा उच्च मूल्यड्ढन गर्दै आगामी वर्षबाट उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत समेत गरिने कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख खेमनारायण सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी दिनहरुमा अझै विषयबस्तुहरुलाई गहन अध्ययन गरी अझैं उत्कृष्ट कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै विद्यार्थीहरुलाई उज्वल भविष्यको समेत कामना गर्नुभयो ।  कार्यक्रममा सायक क्याम्पस प्रमुख टिकाराम देवकोटा, स्वास्थ्य शिक्षा विभागीय प्रमुख नन्दलाल पौडेल, स्वास्थ्य शिक्षा विभागका  सदस्यहरु गोविन्द प्रसाद पराजुली, दीपक बाबु श्रेष्ठ, कृष्ण घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभयको थियो ।  
  
      क्याम्पस प्रमुख खेमनारायण सापकोटा प्रमुख अतिथि रहनुभएको सो कार्यक्रम सेभिनार सञ्चालन समितिकी अध्यक्ष सरिता दवाडीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नैना नेपालले स्वागत मन्तव्य राख्नुभयो थियो ।   

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन