२०७२ चैत १४ (आइतबार) चितवन / भण्डारा वारियर्स क्लब भण्डाराको आयोजनमा राप्ती नगरपालिका –५, भण्डारा, चितवनमा चलिरहेको जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा पहिलो चरणको खेलहरु चल्दै छ ।हिजो शनिबार भएको खेलमा पदमपुर फुटबल क्लब ,पदमपुरले हेर्दी युबा समाज 'ए' लाई १–० गोलले हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ ।
भण्डारा वारियर्स क्लब भण्डाराको आयोजना आयोजनमा चलिरहेको जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको केही झलकहरु ( फोटो फिचर ) ;
फोटो सौजन्य - भण्डारा वारियर्स क्लब
यसैबीच यसअघि भएका खेलहरुमा शनिबार भएको उद्घाटन खेलमा माउण्ट एभेष्ट युवा क्लब पिप्ले ले रेन्बो समाज नेपाल विरेन्द्र नगरलाई २–१ को गोल अन्तरले हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ ।
आइतबार भएको दोश्रो खेलमा राप्ती युनाइटेड फुटबल क्लब भण्डाराले नेहर्रडी युवा समाज (वि) राप्ती नगरपालिकालाई ३–२ को अन्तरले पछी पार्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।
त्यस्तै सोमबार भएको तेश्रो खेलमा युग ज्योति युवा क्लब गडौंलीले युवा स्वर्णतारा क्लब पर्सालाई ५–३ को गोल अन्तरले पछी पार्दै दोश्रो चरणमा प्रवेश गरेको छन् । बिहीबार भएको खेलमा जय ब्रमास्थानी युवा क्लब झुरझुरेले आयोजक भण्डारा वारियर्स (वि) लाई ३–२ गोल अन्तरले त्यस्तै शुक्रवार भएको खेलमा लामा स्पोर्टस क्लबले मनहरी युबा क्लब, मनहरी मकवानपुरलाई १–० गोल अन्तरले हराउदै दोश्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३०हजार त्यस्तै द्वितीय हुने टिमलाई नगद रु १५ हजार प्रमाण पत्र, मेडल र ट्रफि सहित सम्मान गरिने क्लबका सचिव निषेध पाण्डेले जानकारी दिनुभयो ।
क्लबका सदस्य स्वर्गिय सन्तबहादुर श्रेष्ठको स्मृतिमा सो प्रतियोगिता आयोजना गरिएको हो । सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय सो क्लबले यस अघि पनि जिल्ला स्तरीय खेलकुदका कार्यक्रम सञ्चालन गरी सकेको छ । भण्डारा उच्च मावी भण्डारा चितवनको प्राङ्गणमा चैत ६ गते शनिबार देखि सो प्रतियोगिता भव्यताको साथ सञ्चालन भईरहेको छ ।
स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ सञ्चालन भएको सो जिल्लास्तरीय फुटबल प्रतियोगिताको आधीकारीक अन्लाईनखबर - पाठक हेल्थ खबर रहेको छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )






No comments:
Post a Comment