२०७३ बैशाख ०४ (शनिबार) चितवन / भण्डारा वारियर्स क्लब भण्डाराको आयोजनमा राप्ती नगरपालिका –५, भण्डारा, चितवनमा चलिरहेको जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी हर्दी युवा समाज ‘सी’ हर्दी, चितवनले उचालेको छ । मंगलबार भएको भएको फाइनल खेलमा लामा स्पोर्ट क्लब बडरालाई ४ –३ गोलको अन्तरले पछि पार्दै हर्दी युवा समाज ‘सी’ले उपाधी हात पारेको हो ।
उपाधीस“गै हर्दी युवा समाजले च्याम्पियन ट्रफी, प्रमाण–पत्र सहित नगद रु ३० हजार हात परेको छ भने उपबिजेता लामा स्पोर्ट क्लब चितवनले रनिङ्ग अप ट्रफी, प्रमाण–पत्र र नगद १५ हजार प्राप्त गरेको छ ।
निर्धारित समयमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि ५/५ मिनेटको अतिरिक्त समय थप गरेको थियो । थप समयमा समेत कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ सञ्चालन भएको यस प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ ।
भण्डारा वारियर्स क्लब भण्डाराको आयोजनमा भएको जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको केही झलकहरु ( फोटो फिचर ) ;
फोटो सौजन्य - भण्डारा वारियर्स क्लब
सो अवसरमा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा कार्यक्रम सञ्चालन गर्दा सहयोग पु¥याउने विभिन्न संघ संस्थाहरुलाई सम्मान एवं माया“को चिनो प्रदान गरिएको थियो ।
क्लबका सदस्य स्वर्गीय सन्तबहादुर श्रेष्ठको स्मृतिमा सो प्रतियोगिता आयोजना गरिएको हो । सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय सो क्लबले यस अघि पनि जिल्ला स्तरीय खेलकुदका कार्यक्रम सञ्चालन गरी सकेको छ । भण्डारा उच्च मावी भण्डारा चितवनको प्राङ्गणमा चैत ६ गते शनिबार देखि सो प्रतियोगिता भव्यताको साथ चैत ३० गते सम्पन्न भएको हो ।
क्लवको अध्यक्ष सुधिर डल्लाकोटीको सभापतित्वमा भएको समापन एवं पुरस्कार वितरण कार्यक्रममा पुर्व सभासद एवं वरिष्ठ समाज सेवी जागृत प्रसाद भेटवाल प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा क्लबका सचिव निशेध पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )















No comments:
Post a Comment