- जय पाठक (जे.पी.)
२०७२ चैत १०(बुधबार) चितवन / उल्साहका साथ रङहरुको पर्व होली नेशनल सिटी हस्पिटल-चौबिसकोठी, चितवनमा मनाइएको छ।
चितवनको सिटी हस्पिटलमा होलीको विशेष उल्साह देख्न सकिन्थ्यो । होली खेल्नको लागि ठूलो संख्यामा हस्पिटलमा कार्यरत कर्मचारीको जमघट भएको थियो ।
चितवनको सिटी हस्पिटलमा होलीको विशेष उल्साह देख्न सकिन्थ्यो । होली खेल्नको लागि ठूलो संख्यामा हस्पिटलमा कार्यरत कर्मचारीको जमघट भएको थियो ।
फोटो - पाठक हेल्थ खबर
उपचाररत बिरामीको स्वास्थ्य लाभको कामनाको साथै अस्पतालमा कार्यरत कर्मचारीहरु बिच आपसी सदभाव, माया, प्रेम प्रगाढ बनाउँदै आत्मीयता साटासाट गर्ने उद्देश्यले होली विशेष कार्यक्रमको आयोजना गरिएको अस्पतालका प्रबन्ध निर्देशक बिक्रम अधिकारीले बताउनु भयो । यस पर्वले सबैमा उत्साह छाउनका साथै कर्मचारीहरु बिच भाइचाराको भावनामा विकास हुने उहाँको विश्वास छ ।
देशका विभिन्न भागमा एकआपसमा रंग दलेर, शुभकामना आदानप्रदान, एक अर्कामा रंग साटासाट गरेर होली खेलियो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

















No comments:
Post a Comment