चितवन फागुन २३ / भण्डारा वारियर्स क्लब भण्डारा चितवनको आयोजनमा यहि चैत ६ गते देखि जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
भण्डारा उच्च मावी भण्डारा चितवनको प्राङ्गणमा सञ्चालन हुन लागेको सो प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको क्लबका सचिव निषेध पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ सञ्चालन हुन लागेको यस प्रतियोगितामा सम्पूर्ण विद्यालय, क्लबहरुलाई सहभागि हुन सचिव पाण्डेले अनुरोध गर्नुभयो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३०हजार त्यस्तै द्वितीय हुने टिमलाई नगद रु १५ हजार प्रमाण पत्र, मेडल र ट्रफि सहित सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
क्लबका सदस्य स्वर्गिय सन्तबहादुर श्रेष्ठको स्मृतिमा सो प्रतियोगिता हुन लागेको हो । सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय सो क्लबले यस अघि पनि जिल्ला स्तरीय खेलकुदका कार्यक्रम सञ्चालन गरी सकेको छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment