२०७२ चैत ५ (शुक्रवार) चितवन / भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनी नियुक्त भएका छन् । नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. मरासिनीलाई शुक्रवार एक कार्यक्रमका वीच भरतपुर अस्पताल बिकास समिती कर्मचारी युनियनले अस्पतालमा स्वागत गरेको छ । उहाँलाई फूलमाला र खादा ओढाएर कर्मचारीहरुले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले गरिव जनताले स्वास्थ्य लिने भरतपुर अस्पतालमा क्वान्टिटी बढाउने नाममा सेवाको क्वालिटीमा कुनै पनि हालत सम्झौता नगरिने वताउनुभयो । उहाँले मानव जातिले मानव जातिकै हितका लागि सर्वोकृष्ट कार्य गर्ने चिकित्सीय पेशा अगाल्नेहरुले सवै बिरामीहरुलाई समान रुपमा हेर्नुपर्ने वताउनुभयो ।
भरतपुर अस्पतालले धेरै बिरामीहरुलाई सेवा दिएको भएपनि त्यसको उचित प्रचारप्रसार र डकुमेन्टेशन नहुदा त्यसलाई बिकाउन नसकिएको मेसु मरासिनीको कथन थियो । भरतपुर अस्पताललाई प्रष्तिठान बनाएर अघि बढ्ने, ट्रमा सेन्टर सञ्चालन गर्ने, एनआइसियु सेवा सञ्चालन गर्ने योजनाहरु रहेको मेसु मरासिनीले जानकारी दिनुभयो ।
कार्यक्रम अस्पताल बिकास समितीका अध्यक्ष बिजय सुवेदीको प्रमुख आतिथ्यता एवं अस्पताल बिकास समिती कर्मचारी युनियनका अध्यक्ष डा. उन्नत श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


No comments:
Post a Comment