- जय पाठक (जे.पी.)
२०७२ माघ १६ (शनिबार) चितवन / ‘नर्सहरुको रोजगार, नर्सिङ संघको सरोकार’ भन्ने मूल नाराको साथ नेपाल नर्सिङ संघको ५४ औं स्थापना दिवसको अवसरपारी शुक्रबार चितवनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल नर्सिङ संघ चितवन शाखाको आयोजनामा भएको सो कार्यक्रममा समग्र नर्सिङ क्षेत्रका समस्याहरु, गुणस्तरीय सेवा सुविधालाई कसरी प्रभावकारी ढङ्गले संचालन गर्न सकिन्छ, नर्सिङ क्षेत्रको विकास एवं पर्वद्धन गर्नको लागि नर्सिङ संघको भूमिका लगायतको विषयमा कुराकानी तथा छलफल गर्नुको साथै ५४ औं राष्ट्रिय नर्सिङ दिवसको एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले लोकसेवा आयोगबाट योग्यता अनुसारको नर्सहरुलाई आवश्यक कोटा निर्धारण नगरिनु, अस्पतालहरुमा दर्वन्दि नतोकिनु, नर्सहरुलाई अनावश्यक रुपमा भोलेन्टिएर गराउनु, विरामीको अनुपातमा अस्पतालमा नर्सहरु नराख्नु जस्ता कारणहरुले दिनप्रतिदिन नर्सहरुमा वेरोजगारीको समस्या देखापर्दै जानुका साथै स्वास्थ्य संस्थाहरुमा बिरामीको अनुपातमा नर्सको संख्या कम भएको कारण गुणस्तरीय स्वास्थ्य सेवा समेत बिरामीले पाउन नसक्ने भन्दै त्यस्ता कुराहरुमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिनु भयो । निजी अस्पतालहरुले कम तलबमा काम गराउने, अनावश्यक रुपमा मानसिक तनाव दिने गरेको समेत नर्सहरुको गुनासो छ । सरकारी स्केल बराबर तलब निजी अस्पतालहरुले समेत लागू गर्नु पर्ने उहाँहरुको माग छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, नेपाल नर्सिङ संघ चितवन शाखाकी अध्यक्ष माया पाण्डे , नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य (मध्यमाञ्चल क्षेत्रिय प्रतिनिधी) रमेश सुब्बा, नर्सिङ संघकी निवर्तमान अध्यक्ष उषा थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल नर्सिङ संघ चितवन शाखाकी अध्यक्ष माया पाण्डेको अध्यक्षता एवं चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह प्रमुख अतिथि रहनु भएको सो कार्यक्रम वी.पी. कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनको सभाहलमा भएको थियो ।
पाठक हेल्थ खबरसँग विशेष कुराकानी गर्दै संघकी अध्यक्ष पाण्डेले नर्सिङ पेशामा आएका समस्या तथा चुनौतीहरु बिच लड्दै आफ्नो पेशागत हतहितको लागि सदैव नर्सिङ संघ लागि रहने भन्दै त्यसका निम्ति सबै नर्सहरुलाई एक जुटभएर अघि बढ्न अनुरोध गर्नुभयो ।
नेपाल नर्सिङ संघको ५४ औं स्थापना दिवसको अवसरपारी चितवन शाखाले आयोजना गरेको कार्यक्रमको केही झलकहरु ( फोटो फिचर ) ;
फोटो सौजन्य : सर्वदा रेग्मी
शुक्रबार विभिन्न कार्यक्रम गरी देशैभर राष्ट्रिय नर्सिङ दिवस मनाइयो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )






















No comments:
Post a Comment