पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Tuesday, November 17, 2015

चिकित्सक संघ र पापडको विशेष कार्यक्रम सम्पन्न - स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा संकट आउन नदिन राज्य गम्भीर बन्नुपर्नेमा जोड

-जय पाठक (जे.पी.) 

    मंसिर १ , २०७२ भरतपुर / नेपाल चिकित्सक संघ र "शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल" (पापड) चितवनले संयुक्त रुपमा भरतपुरमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

    भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशै भरी इन्धन, खाद्यान्न लगायत समग्र स्वास्थ्य क्षेत्रनै प्रभावित भइरहेको बेला चितवनमा यसले पारेको प्रभाव साथै त्यसबाट पर्न गएको संकटको समाधान गर्ने विकल्पको उपाय बारे छलफल गरिएको छ । 

      सो विशेष कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव भुर्तेलले देशै भरी औषधी लगायत सर्जीकल सामानको समेत अभाव भइरहेको समाचार आइरहेको बेला भरतपुर अस्पतालमा अहिले सम्म औषधी अभावको कारण उपचार नरोकिएको र भविष्यमा संकटको अवस्था आउन सक्ने भन्दै त्यसमा आफू सचेत रहेको बताउनु भयो । साथै स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा संकट आउन नदिन राज्यले गम्भीर भएर विकल्पको खोजी गर्नुको साथै समग्र समस्याको छिटो समाधान गर्न समेत अनुरोध गर्नुभयो ।

 कार्यक्रममा नेपालको संविधान २०७२ मा स्वास्थ्य सेवा सुविधाबारे समावेश गरिएको विषयवस्तु, एन्टिवायोटिकको उचित प्रयोग, चिकित्सकहरुको आचार संहिता, स्वास्थ्य क्षेत्रमा देखिएका समग्र समस्या, त्यसको समाधानका उपाय साथै स्वास्थ्य सेवा सुविधालाई कसरी गुणस्तरीय, सहज ,शुलभ एवं प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

        कार्यक्रममा बोल्ने बक्ताहरुले नाकाबन्दीका कारण देशनै संकटमा परिरहेको बेला यस्तै अवस्था रहिरहने हो भने निकट भविष्यमा स्वास्थ्य क्षेत्रमा समेत चरम संकट आउन सक्ने भन्दै  त्यसको लागि समयमै दीर्घकालिन समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । 

    
   कार्यक्रममा ढिलै भएपनि नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दीपावली एवं आज परेको छठको अवसरमा शुभ कामना आदान प्रदान समेत गरिएको थियो । 

       
     चिकित्सक, पत्रकार, वकील, शिक्षक, प्रध्यापक, इन्जिनियरहरुको सहभागिता रहेको सो कार्यक्रम नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवं पापड चितवनका संयोजक डा. कृष्ण प्र. पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन