काठमाडौं / भारतले गरेको अघोषित नाकाबन्दीले औषधिको आयात ठप्प हुदा औषधि लगायत उपचारजन्य सामग्रीको अभाव हुन थालेको छ । विगत तीन महिनादेखि तराईमा जारी मधेशी मोर्चाको आन्दोलन र भारतले लगाएको नाकाबन्दीले देशभर अत्यावश्यक औषधिको अभाव देखिएको हो । नेपालका आवश्यक पर्ने औषधि मध्ये ६० प्रतिशत भारतबाट आउने गरेको छ ।
नेपाल औषधि व्यवसायी संघले पत्रकार सम्मेलन गरी नाकाबन्दीले औषधि अभाव हुन थालेको भन्दै सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसग आग्रह गरेको हो । नाकाबन्दीले कारण सहज रुपमा औषधि नेपाल भित्रिन नसक्दा आम नागरिक औषधि उपचारबाट बञ्चित हुनुपर्ने अवस्था देखिन थालेको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ । अहिले बजारमा आइ फ्ल्युड, विभिन्न प्रकारका एन्टीवाएटिक्स, अक्सिजन, अप्रेसमा प्रयोग हुने सर्जिकल सामानहरु देशभर अभाव भएको छ ।
नेपालमा औषधि उत्पादन गर्ने उद्योगहरुले समेत कच्चा पदार्थको अभाव हुदा कम उत्पादन गरिरहेका छन् । नेपाली उद्योगी तथा औषधि व्यवसायीहरुले तेस्रो मुलुकबाट आयात गरेको औषधि तथा कच्चा पदार्थ नाकाबन्दीले दुई महिनादेखि नाकामा रोकिएका छन् ।
नेपाल औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले औषधि जन्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन राज्यसँग माग गरे ।उनले सडकमार्गबाट औषधि आउन सक्ने अवस्था नरहे हवाइमार्गबाट समेत ल्याइ आम नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गनुपर्ने बताए । संघले उपचार जन्य वस्तुको सहज आपूर्ति गराउन गठिन लाइफ सेभिङ औषधि मन्त्रीस्तरीय कार्यदल एवं औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ ।
- पाठक हेल्थ खबर - स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment