पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Sunday, August 23, 2015

विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्यो : फार्मेसी , कोटा पुरा भय पछी प्रवेश परीक्षा पास गरेर समेत धेरैले अध्ययन गर्न पाएनन्


-जय पाठक (जे.पी.)
विश्वमै निकै संवेदनशील एवम् सम्मानित पेशाको रुपमा लिइन्छ ‘फार्मेसी पेसा’ लाई । केही वर्ष अघिसम्म नेपालमा फार्मेसीको पढाइलाई नयाँ अनि नौलो विषयको रुपमा लिइन्थ्यो । धेरैलाई फार्मेसी कस्तो पढाइ हो ? यो पढेर के भइन्छ ? यो पढेपछि रोजगारीको अवसर मिल्छ या मिल्दैन ? यो पढाई पछि कुन–कुन क्षेत्रमा काम गर्न पाइन्छ ? जस्ता कुरामा अनविज्ञ थिए र त्यो स्वाभाविक पनि थियो किनकी त्यतिबेला नेपालमा यो विषय नयाँ थियो । सम्बन्धित क्षेत्रका व्यक्ति बाहेक अरुलाई यस क्षेत्रको बारेमा खासै ज्ञान थिएन । 

     सुरु–सुरुमा फार्मेसी पढाइको सञ्चालन गर्दा कलेजहरुलाई विद्यार्थी पु¥याउन समेत हम्मे–हम्मे पथ्र्यो । अहिले आएर विद्यार्थीको पहिलो रोजाइ बन्दै छ – फार्मेसी । कारण हो सम्मानित पेसा, औषधि क्षेत्रको संवेदनशीलता बढ्दै जानु, अध्ययनपछि औषधि कम्पनी, हस्पिटल फार्मेसी, कम्युनिटी फार्मेसी, विभिन्न स्वास्थ्य संघ–संस्था, औषधि व्यवस्था विभाग (डिडिए), एम.आर., औषधि खोज तथा अनुसन्धान गर्ने, विभिन्न कलेजहरुमा अध्यापन गराउने जस्ता थुप्रै ठाउँहरुमा रोजगारीको अवसर प्राप्त गर्नु तथा निर्धक्क आफ्नै फार्मेसी व्यवसाय सञ्चालन गर्न पाउनु । 

     हालै एस.एल.सी. पछि अध्ययन गरिने सिटिइभिटीबाट सम्बन्धन प्राप्त तिन वर्षे डिप्लोमा इन फार्मेसी अध्ययन गर्नको लागि प्रवेश परीक्षा दिनेको भिड नै लाग्यो एउटा कलेजमा जम्मा ४० जनाको मात्र कोटा हुने हुँदा प्रवेश परीक्षा पास गरेर समेत धेरैले अध्ययन गर्न पाएनन् । कट अफ लिस्टमा परेका हरुले अन्य कलेजमा खाली छ कि भनेर बुझे तर कुनै पनि कलेज खाली नभएको भन्दै विद्यार्थी र तिनका अभिभावकमा नैराश्यता देखिएको छ । स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । त्यस मध्येको पनि एक निकै संवेदनशील क्षेत्र हो – फार्मेसी क्षेत्र । 

     हो, औषधि विना रोगको उपचार सम्भव छैन, त्यो तपाईं हामी सबैलाई थाहा भएको कुरा हो । त्यही औषधिसँग जोडिएको विषय हो– फार्मेसी अति त्यही औषधिसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने व्यक्ति हुन् फर्मासिस्ट अर्थात् औषधिविज्ञ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा  ज्ञानको अभाव वा हचुवको भरमा औषधि सेवन गर्ने परिपाटीले गर्दा विभिन्न अध्ययनलाई आधार मानेर भन्नु पर्दा यहाँ औषधि खान नपाएर मर्ने भन्दा औषधि सेवन गरेर मर्ने तथा त्यसबाट विभिन्न स्वास्थ्य समस्या देखापरेको पाइन्छ । कारण हो औषधिको विवेकपूर्ण प्रयोग नहुनु, फर्मासिष्ट र चिकित्सकको सल्लाह नलिनु वा नमान्नु । 
         
        नेपालमा महिला र पुरुष दुवैमा फार्मेसी विषय अध्ययनको पहिलो रोजाइ बन्नु, फार्मेसी क्षेत्रमा विकास हुँदै जानु, औषधि उपचारमा नयाँ–नयाँ खोज–अनुसन्धान हुँदै जानु निकै खुसीको कुरा हो । यद्यपि नेपालमा फार्मेसी क्षेत्रको विकासका थुप्रै सम्भावनाहरु भए पनि त्यस तर्फ सरोकारवाला निकायहरु जति गम्भीर बन्नु पर्ने हो त्यति देखिँदैनन् । नियम, कानुन बने पनि कार्यान्वयन पक्ष फितलो नै देखिन्छ ।  फर्मासिस्टहरु अन्य स्वास्थ्यकर्मीहरुसँग हातेमालो गर्दै गम्भीर प्रवृत्तिको उपचारलाई समेत सरल बनाउन आजैबाट कम्मर कसेर लाग्नु पर्ने दिन आएको छ । त्यसका लागि फर्मासिस्टहरुले आफुमा आवश्यक ज्ञान, सिप र धारणाको विकास गर्दै त्यसलाई विवेकपूर्ण ढंगले लागू गर्नु पर्छ । बिरामीलाई रोग निको पार्ने र उहाँहरुको गुणस्तरीय जीवनको विकास गर्नु हामी सम्पूर्ण स्वास्थ्यकर्मीको साझा लक्ष्य हो ।

  • पाठक हेल्थ खबर - स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन