चितवन / भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) मा चौथौपटक डा. केशवराज भुर्तेलले पदभार ग्रहण गरेका छन् । मन्त्रिस्तरीय निर्णयका आधारमा भुर्तेललाई मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी प्रदान गरिएको हो ।
उनले अस्पतालका कार्यहरु प्राथमिकताका आधारमा पुरा गर्दै जाने वताए । भरतपुर अस्पतालमा आयोजित एक कार्यक्रममा वीच भुर्तेललाई अस्पतालका कर्मचारीहरुले स्वागत गरेका थिए । डा. भुर्तेल ११ औ तहमा बढुवा भएपछि सिन्धुली जिल्ला अस्पतालमा मेसुका रुपमा जिम्मेवारी लिएर गएका थिए ।
उनी सिन्धुली जिल्ला अस्पतालबाट सरुवा भएर भरतपुर अस्पताल आएका हुन् । फागुन महिनामा डा. भुर्तेल पदबाट हटाइपछि कन्सल्टेण्ट फिजिसियन डा. विजय पौडेल अस्पतालको मेसु भएका थिए । आन्तरिक विवादका कारण उनी दुई महिनामै पदबाट बिदा हुनु परेको थियो । डा. पौडेलपछि जेठ महिनामा डा. मणिकलाल मानन्धर मेसुका रुपमा रहेका थिए ।
डा. भुर्तेल यस अघि २०६५, २०६७, २०७१ सालमा गरि तीन पटक मेडिकल सुपरिटेण्डेण्ट भएर कार्य गरिसकेका छन् ।
- पाठक हेल्थ खबर - स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment