चितवन / सरकारी अस्पताल सवैले अस्पतालमा आफैले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले उत्पेशणको आदेश जारी गरेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयको निर्देशनमा भरतपुर अस्पतालले आफैले फार्मेसी सेवा सञ्चालन गर्ने भएको छ ।‘अस्पतालभित्र व्यक्ति, फर्म वा संस्थालाई औषधि पसल चलाउन दिँदा उपभोक्ताको हित, स्वाथ्यलगायत आर्थिक रूपमा समेत प्रभाव परेको देखिन्छ,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ‘अस्पतालभित्र बाहिरी व्यापारिक फार्मेसीलाई भाडामा दिँदा महँगो मूल्यको मारमा उपभोक्ता परेको प्रमाण अदालतमा पेस भएको छ।’
सर्वोच्चले गएको असार १३ गते चिकित्सा बिज्ञान राष्टिय प्रतिष्ठान सहित अन्य सवै सरकारी अस्पतालहरुका नाममा अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयको असार २९ गतेको मन्त्रिस्तरीय निर्णयले आफ्नै फार्मेसी सेवा सञ्चालन गराउन मुलुकका सवै अस्पतलालाई निर्देशन दिएको छ ।भरतपुर अस्पतालले अस्पताल परिसरमा रहेको फार्मेसी सञ्चालनको टेण्डर गरिसकेको भएपनि सर्वोच्च र मन्त्रालयको आदेशपछि टेण्डर प्रकृया स्थगीत गरि आफैले फार्मेसी सञ्चालन गर्ने तयारी शुरु गरेको छ ।
अस्पतालले मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरको नेतृत्वमा फार्मेसी सञ्चालनका लागि एक समिती पनि गठन गरेको छ । अस्पताल बिकास समितीको बैठकले टेण्डर प्रकृया स्थगीत गरि फार्मेसी आफैले सञ्चालन गर्नका लागि मानन्धरको नेतृत्वमा एक समिती गठन गरेको हो । जसमा डा. उन्नत श्रेष्ठ, हिरामान महर्जन, लिला पौडे्ल, सूर्यमणि कण्डेल र डा. सुनिल शाह रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. माणिकलाल मानन्धरले अस्पतालले मन्त्रालयको निर्देशन अनुरुप छिटो आफ्नै व्यवस्थापनमा फार्मेसी सञ्चालन गर्ने जानकारी दिए । “हामी युद्ध स्तरमा फार्मेसी सञ्चालनका लागि जुटेका छौं, केही दिन बिरामीहरुलाई समस्या हुन सक्छ त्यसका लागि साझा औषधी पसललाई तयारी अवस्थामा रहन भनेका छौ” डा. मानन्धर भने ।
अस्पताल बिकास समितीका अध्यक्ष विजय सुवेदीले सर्वोच्च र मन्त्रालयको आदेशलाई अनुरुप त्यसलाई कार्यान्वयन गराउन लागि परेको वताए । “अस्पतालको आफ्नै फार्मेसी हुदा बिरामीले गुणस्तरीय औषधी सहुलियत दरमा प्राप्त गरि उपचार सेवा सहज हुन्छ ” सुवेदीले भने – “फार्मेसी अस्पतालको आफ्नै हुनुपर्दछ हामीले मन्त्रालय र सर्वोच्च अदालतको आदेश अनुरुप सुलभ दरमा गुणस्तरीय औषधी प्रदान गर्नेछौं । ”


No comments:
Post a Comment