पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Sunday, July 12, 2015

यो फलफूलको राजा आँपको सिजन हो,यसका फाइदाहरु के-के छन् त ?

   
आँप नेपालमा परापूर्व काल देखि खेती गरिदै आएको स्वादिष्ट, विश्व प्रसिद्ध तथा अत्यन्तै पौष्टिक तत्व यूक्त फल हो । काँचो वा पाकेको दुबै खालको आपमा औषधीय गुण हुन्छ । आँपको बोक्रा, जरा पात, फल, फूल सबै औषधीका लागि प्रयोग हुने आयुर्बेदमा  बताउँछ । हुन त आापको पाक्ने सिजन असार अन्तिमदेखि साउन–भदौसम्म हो तर नेपाली बजारमा भने बैशाखको शुरुदेखि नै आापले कृषि बजार पहेंलै बनाउन थाल्छ । सिजनभन्दा अगाडि नै पाइने फलफूल किन्नेको तााती पनि लामो नै देखिन्छ । आफूले किनेर खानेभन्दा पनि आफन्त सत्कारमा वा बिरामी भेट्न जादा कोशेलीस्वरुप फलफूल लाने चलन हाम्रो समाजमा बढी छ । 
   
  आँपको फाइदाहरु यस्ता छन् :-
१ आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ ।
 
२. यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।

 ३. आँपमा हुने फाइबर र भिटामिन सीको प्रचूर मात्राले लिपो प्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।

 ४.मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ । 

५. आँपले पाचनशक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक दरलाई वृद्धि गर्छ ।

 ६. आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सी हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।

 ७. आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुनर्निर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ ।

 ८. आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।

 ९. आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।

 १०.आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउँछ । होमोसिस्टाइनले रक्तनलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ । 

११. आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

 १२. आँपले शरीरका अंगमा भएका काला रौँका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दूध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले सम्बन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा उम्रिएका रौँ हटाई अनुहारमा चमक ल्याउँछ । 

१३. आँपले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउँछ । यसमा भएका भिटाभिन सीले डण्डीफोर आउन दिँदैन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एक चम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबल चम्चा दूध मिसाएर पेस्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धँुदा अनुहारमा चमक आउँछ । 

१४. भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिमा पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चायाँ हटाउँछ र कपालमा चमक ल्याउँछ । 

स्वास्थ्यखबर पत्रिका बाट साभार

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन