
1.पेट दुख्ने समस्याबाट मुक्ति - एक केस्रा लसुनलाई मनतातो पानीसँग खाएमा गानो देखेको हट्नुका साथै पेट दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।
2.टीबी रोगको समस्या - टीबी रोगको समस्या भएकाहरुले बिहानै खाली पेटमा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
3.मुटु रोगीलाई - एक केस्रा लसुनलाई घिउमा फुराएर खानासँगै मुछेर खाएमा मुटु रोगीलाई फाइदा पुग्छ।
4.दाँतको दुखाइमा -दाँतको दुखाइमा पनि यसको प्रयोग गुणकारी हुन्छ ।
5.शरीर सुन्निए र दुःखे - लसुन फुराएको तेलले मालिस गर्नाले शरीर सुन्निएको र दुःखेको निको हुन्छ। त्यसैगरी बिहान खाली पेटमा एक दुई केस्रा लसुन खाने गरेमा पनि स्वास्थ्यलाई फाइदा हुन्छ।
6.श्वासप्रश्वास प्रणालीका लागि - लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ । पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।
7.भित्री चोटको दुखाइ-लसुनको रसमा नून मिसाएर मालिस गरेमा भित्री चोटको दुखाइ कम गर्छ।
8.ग्यास्टिकको समस्या - बिहान उठ्नेबित्तिकै नियमित एक केस्रा लसुनलाई मन तातो पानीसँग खाने गर्नाले ग्यास्टिकको समस्या कम हुँदै जान्छ।
10.भोक जगाउनु- भोक जगाउनुको साथै पाचन प्रणालीमा पनि सुधार ल्याउँछ। त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ ।
11.उच्च रक्तचाप कन्ट्रोल गर्न-लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।
12.एन्टिअक्सिडेन्ट-लसुनमा एन्टिअक्सिडेन्ट पाइने हुनाले यो निकै लाभदायक छ ।
13.जवान बनाइराख्ने-लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ ।
नाम एक काम अनेक -लसुन (पाठक हेल्थ खबर)

No comments:
Post a Comment