- जय पाठक "जे.पि."
नव वर्षको शुभकामना आदाप्रदान सकिन नपाउँदै २०७२ साल वैशाख महिनाको १२ गते शनिबार गएको विनाशकारी भूकम्प र त्यसपछि लगातार गएको पराकम्पनले जन धन र नेपालको कला सम्पदामा ठूलो क्षति पु¥याइदियो । एक पछि अर्को गर्दै मानिसको दिनचार्य नै डर, त्रास र भयमा बित्न थाल्यो । कतिलाई अंग भंग र घाइते तुल्याइदियो । प्रत्यक्ष रुपमा र विभिन्न सञ्चार माध्यमबाट देखिएका भयाभह दृश्यले मानिसहरुलाई अझै ठूलो पीडा थपिदियो । जसको प्रत्यक्ष असर मानिसको मानोवैज्ञानिकरुपमा कति प¥यो कुुनै लेखा जोखा रहेन । २०७२ सालले नेपालीको लागि पीडादायीक रुपमा दैलो उघारी दियो । अझै सत्तेता विनाको त्यस्तो केही समाजीक सज्जालहरुबाट प्रप्ता समचारले घाँउमा अझै नुन छर्किदियो र सर्वसाधारणमा अन्यौल र त्रास फैलाईदियो । भूकम्पको धक्का विस्तारै कम हुँदै गई मानिसहरुको जीवनशैली सामान्य तिर लम्कदै गए पनि यसले पारेको मनोवैज्ञानीक धक्का अझैं धेरैमा रहिरहेको गुनासाहरु सुनिदै आएको छ ।
आज हामीले २०७२ साल वैशाख महिना १२ गते शनिबारको दिन गएको विनाशकारी महा भूकम्प र त्यसपछि लगातार आईरहेको पराकम्पनले जनमानशमा पारेको मनोवैज्ञानीक असर, त्यसबाट बच्ने उपाय लगाएत यी र यस्तै विषयमा केन्द्रीत भएर चितवन मेडिकल कलेज(सि.एम.सी) शिक्षण अस्पताल भरतपुर १० चितवनका मनोरोग विभागका विभागीय प्रमुख वरिष्ठ मनोरोग विशेषज्ञ प्रा. डा. सि. पी. सेडाइसँग पाठक हेल्थ खबरका जय पाठक "जे.पि." ले भेटेर गरिएको कुरा कानीको सम्पादीत केही अंश ः
1) विनाशकारी महाभूकम्प र त्यसको मनोवैज्ञानीक रुपमा परेको प्रभावलाई यहाँले कसरी हेर्नु भएको छ ?
– २०७२ साल वैशाख १२ गते शनिबारको दिन गएको विनाशकारी भूकम्पले साँच्चिनै अकल्पनिय रुपमा ठूलो जनधनको क्षति भएको छ । कैयौं घाईते हुनुभयो । त्यी मध्ये कतिको अंगभंग समेत भएको छ । त्यसले गर्दा कतिलाई आफन्त गुमाउनु परेको पीडा छ प्रत्येक्ष रुपमा केही गुमाउनु नपरेकाहरुलाई पनि अरुलाई परेको आपत विपदको दृश्यले ठूलो पीडा दिएको छ । भने एकातिर लगातार आई रहेको पराकम्पनले मानीसहरुमा डर,त्रास र अन्यौलता मात्र छाएन्न त्यसले मनोवैज्ञानीक रुपमा पनि ठूलो चोट पु¥याएको छ ।
2) यसले कस्तो किसीमको मनोवैज्ञानीक असरहरु ल्याउन सक्छ ?
– यस्तो ठूलो आपत विपद पछि मानिसलाई मनोवैज्ञानीक रुपमा असर पर्नु स्वभाविकै हो । मानिसहरुमा निम्न लक्षण देखा पर्न सक्छन ।
– मन आत्तिने
– डरलाग्ने
– मुटु ढुकढुक हुने
– टाउको दुख्ने
– मुख सुख्खा हुने
– शरीरमा आलस्यता छाउने
– अत्यास लाग्ने
– शंका लाग्ने
– चिन्तालाग्ने
– खानामा रुचि नहुने
– निन्द्रा नपर्ने
– फेन्ट भएर ढल्ने, जस्ता लक्षणहरु देख्न पर्न सक्छ यी मध्येका लक्षणहरु तपाई हामी धेरैमा देखा पर्न सक्छ । जस्तै बसिरह्यो हल्ले जस्तो लाग्ने भूकम्पले हल्लियोको हो या आफैंहल्लियको पत्तो नहुने गाडी अन्य आवाज सुन्दा पनि भूकम्प आयो भनेर डराउने र भागिहाल्ने मनमा एक किसिमको डर लागिरहने यो ठूलो आपत विपद पछि देखिने सामान्य लक्षणहरु हुन । यसले मनोवैज्ञानीक समस्या त व्यापक मान्छेहरुमा ल्याएको छ । तर मनोरोग भने कमैमा मात्र छ ।
3) मनोवैज्ञानीक समस्या धेरैमा भएपनि मनोरोग भने कमैमा छ भन्नु भयो नी कस्तोलाई चाहीँ मनोरोग भन्ने ?
– सबैभन्दा बढीमा एन्जाइटि डिसअर्ड देखिएको छ । यसमा पहिले केहीपनि भएको छैन तर भूकम्प आएपछि भूकम्प फोविया हुनु जस्तै भूकम्प आउँछ भनेर डराउने, आयो भनेर डराउने, पहिले आएको फेरी आउँछ भनेर डराउने यसमापनि निम्न लक्षणहरु देखा पर्दछ ः
– मन आत्तिने
– डर लाग्ने
– निसासिने
– श्वास फुले जस्तो हुने
– टवाइलेट जान मन लाग्ने हुन्छ ।
त्यसपछि केही मान्छेमा पि.टि.एस.डि (पोष्ट टा«माटिस् स्टेट डिस्अर्डर ) यो चाहीँ कम मान्छेमा हुन्छ । तर यो एन्जाइटि डिस्अर्डर भन्दा बढी खतरनाक हुन्छ । यसमा निम्न लक्षणहरु देखा पर्ने गर्दछ ।
– पहिलेका डर लाग्दा दृश्यहरु दिमागमा आइरहने
– चिन्तालिने
– एन्जाइटि र डिप्रेसन दुबैहुने , यो चाहीँ ज्यानै जाने घट्ना पछि देखापर्ने लक्षणहरु हुन जस्तै गाडी दुर्घटना भएर मानिको मृत्युभएको दृश्यदेख्दा, युद्धहरुमा परी मानीसको मृत्युहुँदा, विनाशकारी महाभूकम्पबाट ज्यान गएका दृश्य देख्दा र यस्ता घट्नाहरुमा परी आफ्नो आफन्तहरु गुमाउनु पर्दा यस्ता लक्षणहरु देखा पर्नेे गर्दछ ।
अर्को छ डिप्रेसन ः यो पनि धेरैमानिसहरुमा हुने गर्दछ किनकी धेरैमानीसको ज्यान गएको छ । आफ्ना आफन्त गुमाउनुको पीडा छ । कतिको सम्पत्ति नोक्शान भएको छ । यसामा निम्न लक्षणहरु देखापर्दछन् ः
– चिन्तालाग्ने
– नरामाइलो लाग्ने
– एक्लै बस्न मनलाग्ने
– झट्टरिसाउने
– निरास पन आउने, यो क्षति हुनेलाई मात्र होइन अरुको देख्दापनि आउन सक्छ ।
अर्को छ सोमाटो फम डिसअर्डर भन्छौं यसमा चाहीँ निम्नलक्षणहरु देखापर्ने गर्दछ ः
– शरीर पोल्ने
– शरीर झम झम गर्ने
– शरीर दुख्यो भन्ने, यो कुनै शारीरिकरुपमा पीडा नभईकन भित्रीमनमा भएको पीडा शारीरिक पीडाको रुपमा आइदिन्छ ।
कसै कसैमा कन्भर्सन् डिसअर्डर (सि.डी.) भन्छौं यसमा चाहीँ निम्न लक्षणहरु देखा पर्दछन् ः
– ड्याङ ढल्ने
– निसासियको जस्तो हुने
– काम्ने हुन सक्छ ।
केहीमा साइकोसिस्ः धेरै दिमागमा परेको बोझको कारणले गर्दा यस्तो हुन्छ । साइकोसिस्मा चाहीँ बिरामी भएको थाहा नपाउने, एक्लै बोल्ने, एक्लै हाँस्ने जस्ता लक्षणहरु आउने गर्दछ ।
यस्ता लक्षणहरु तपाई हामीसबैमा कहिले न काहीँ आउन सक्छ तर सधैँ जसो यस्ता लक्षणहरु देखा परी समस्या ल्याइरह्यो भने तुरुन्त विशेषज्ञलाई भेटि आवश्यक परामर्श र उपचार गराउनु पर्छ ।
4) भूकम्पले पारेको यो कस्तो किसीमको मनोवैज्ञानीक असर हो ?
– कुनैपनि ठूलो आपत विपद परिसकेपछि मनमा विचलन आउनु सामान्य कुरा यो अवस्था सामान्य हुँदै गएपछि जनजीवनपनि सामान्य बन्दै जान्छ । कोही कसैमा यसले अलि लामो समयसम्म असर पार्न सक्छ ।
5) कस्तो व्यक्तिहरुमा यसको मनोवैज्ञानीक असर बढी देखापर्छ ?
– यो विनाशकारी महाभूकम्प गैसकेपछि जुनसुकै उमेर समूहका व्यक्तिहरुमा पनि डर, त्रास लगाएतको विभिन्न मनोवैज्ञानीक असर पर्छ नै तर पनि स–साना बालबालिकाहरुको कलिलो मस्तिष्कमा यसले गहिरो असर पार्न सक्छ । त्यसकारण बालबालिकाहरुलाई टेलिभिजनहरुबाट देखिने भयाभह दृश्यहरु नदेखाउने त्यस्ले बालबालिकाहरुलाई ठूलो मनोवैज्ञानीक असर देखापर्न सक्ने हुँदा बालबालिकाहरुको मनमाभएको डर,त्रास भगाउनकानको लागि उनीहरुसँग घुलमिल भएर उनीहरुको जिज्ञासा मेटाउँदै जाने, उनीहरुको डर,त्रास भगाउने खालका मनोवैज्ञानीक परामर्श दिने, उनीहरुको आत्मबल बढ्नेखालको कुरा गर्नुपर्छ । डर,त्रास र शंकालाग्ने खालका कुराहरु बच्चाहरुसँग नगर्ने । त्यस्तै गरेर पहिले देखि मानसिक रुपमा रोगी रहनु भएकाहरुमा र आत्मबल कमजोर भएका व्यक्तिहरुमा यसले बढीअसर गर्ने हुन्छ ।
6) भूकम्प पछि यसले पारेको मानसिक समस्याहरु लिएर स्वास्थ्य संस्थामा आउने बिरामीको सङ्ख्या कस्तो छ ?
– यो विनाशकारी भूकम्पसँगै मन आत्तिने, डराउने, मुटु ढुक ढुक हुने, मनअस्तिर हुने, खाली भूकम्प आएको जस्तो शंकामात्र लाग्ने, केही भैईहाल्छकी झैं अत्तासिने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता विभिन्न समस्याहरु लिएर थुप्रै सङ्ख्यामा बिरामीहरु आउने गर्नुभएको छ । समस्याको प्रकृति हेरेर उहाँहरुलाई आवश्यक मनोपरामर्श र उपचार गरेर घर पठाईएको छ । धेरै नै समस्या लिएर आउनुभएको बिरामीलाई भर्नागरेर समेत उपचार गरिएको छ । अहिलेको यो बेलामा उचित मनोपरामर्शको खाँचो छ ।
7) मनोवैज्ञानीक रुपमा जो यतिबेला त्रसित हुनुहुन्छ उहाँहरुलाई चितवन मेडिकल कलेजले उपचारको लागि कस्तो व्यवस्था मिलाएको छ ?
– भूकम्प पछि जसमा विभिन्न किसिमको मानसिक विचलन तथा समस्याहरु देखा परेको छ । त्यस्ता बिरामीहरुलाई हामीले निःशुल्क परामर्शको व्यवस्था मिलाएका छौं । आफूलाई कुनै त्यस्तो समस्या देखा परिरहेको भए । बिरामी जाँच्ने समयमा आएर परामर्श लिन सक्नु हुने छ ।
8) मानीसहरु अहिले यो डर,त्रास भएजस्ता विभिन्न मानसिक समस्याहरुबाट मुक्त भएर खुसी जीवन जिउन चाहन्छन उहाँहरुलाई यहाँको के सुझाब छ ?
उहाँहरुले निम्न उपायहरु ऋपनाउन सक्नुहुनेछ ः
– अनाश्यक रुपमा एकोहोरो गहिरो सोच नगर्ने
– मनलाई सधैँ सान्त राख्ने
– योगा मेरिटेसन गर्ने
– खानपानमा विशेष ध्यान दिने
– सधैँ खुसी र रमाउन सिक्ने
– अरुको प्रगतिमा रमाउन सिक्ने
– मनको कुरा अरुलाई भन्ने बानी राख्ने, मनमा गुम्साएर राख्दा त्यसले झन चिन्ता बढाइदिन्छ ।
– भ्रमपूर्ण कुराको पछि नलाग्ने ।
– समाजमा मायाँलु सहयोगी वातावरण बनाउने ।
– मनलाई सधैँ धैर्य र शान्त राख्ने ।
– कुनैपनि समस्या आफूलाई मात्र भयो भनेर सोचाइ नराख्ने यसले भित्रभित्रै ठूलो मनोवैज्ञानीक असर पु¥याइरहेको हुन्छ । त्यसकारण कुनै पनि दुःख वा समस्या पर्दा यस्ता समस्या सबैमा पर्छ भनेर चित्त बुझाउनु पर्छ ।
यी विभिन्न उपायहरु अपनाउने गर्दा विभिन्न मानसिक समस्याबाट मुक्त हुनको साथै सुखी र खुसी जीवन जिउन सक्छौं । यी विभिन्न उपायहरु अपनाउँदा अपनाउँदै पनि विभिन्न मनोवैज्ञानीक समस्याहरु देखा परिराखे भने समयमै स्वास्थ्य संस्थामा गई उपचार गराई हाल्ने समस्या पाल्यो भने झनै ठूलो समस्या ल्याइदिन्छ ।
9) अन्त्यमा के भन्न चाहाँनु हुन्छ ?
– ठूलठुल्ला आपत विपद पछि मानिसको मानसिक रुपमा ठूलो चोट पर्ने हुँदा विभिन्न समस्याहरु देखा पर्नु सामान्य कुरा हो । अहिले त जनजीवन सामान्य तर्फ गइ सकेको छ । आत्तिहाल्ने पर्ने अवस्था छैन । आफ्नो धैर्यता र आत्मबल बढाई आफूलाई सुरक्षित बनाउनु आवश्यक छ ।
पाठक हेल्थ खबर

No comments:
Post a Comment