चितवन, जेठ ३ / केहीदिन अघि स्वास्थ्य मन्त्रालय तानिएका भरतपुर अस्पतालका
मेडिकल सुपरिटेण्डेन्ट डा. विजय पौडेलले राजीनामा दिएका छन् । उहाँले आजै
स्वास्थ्य मन्त्रालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । मन्त्रालयमा पत्र
बुझाउने वित्तिकै डा.पौडेलले सामाजिक संजाल फेसबुकमा आफ्नो राजीनामा पत्र
राखेका छन् ।
डा.पौडेलले भरतपुर अस्पताल मेडिकल सुपरिटेण्डेन्ट
रहँदा बैशाख १५ गतेदेखि अस्पतालका बहालवाला अध्यक्षसंगको सामान्य छलफललाई
अतिरञ्जित गरि स्वास्थ्य मन्त्रीलाई चुकली लगाई आफूलाई सोच्ने, सम्झने र
स्पष्टीकरण दिने मौका समेत नदिई २४ घण्टामा मन्त्रालयमा हाजिर हुन काजमा
बोलाउने कुराले मन कुण्ठित भएको बताउनुभएको छ । उहाँले बुझाएको राजीनामा
पत्रमा उल्लेख छः “नेपालका धेरै स्वास्थ्य सेवामा योगदान गर्दागर्दै पनि
म प्रति घोर अन्याय भएको महशुश गरि भरतपुर अस्पतालको प्रमुख कन्सलटेण्ट
फिजिसियनबाट आजैकै मितिदेखि लागु हुनेगरि मेरो राजीनामा स्वीकृत गरिदिनुहुन
माननिय मन्त्री ज्यूलाई अनुरोध गर्दछु ।” साथै डा.पौडेलले भरतपुर
अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टबाट पनि राजीनामा दिएको बताउनुभएको छ
। उहाँले आफूले नेपाल सरकारको स्वास्थ्य सेवाबाट राजीनामा दिएपनि
स्वास्थ्य क्षेत्रलाई चुस्त दुरुस्त पार्न भ्रष्टचार तथा कमिसन तन्त्रबाट
मुक्त गराउन सधै संघर्ष गरिरहने बताउनुभएको छ । डा.पौडेल काठमाडौं तानिएपछि
अहिले भरतपुर अस्पतालमा निमित्त मेसुको रुपमा डा.प्रकाशजंग रायमाझी
कार्यरत छन् ।
मेसु डा. विजय पौडेलले आफ्नो फेसबुकमा
राखेको राजीनामा पत्र ।


No comments:
Post a Comment