पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Sunday, May 17, 2015

भुकम्पले पारेको मनोवैज्ञानिक त्रास बाट कसरी बच्ने ? डा गंगा पाठक, मनोविद

विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षणअनुसार कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित छन् । उक्त सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालमा ४० लाख जति मानसिक रोगको समस्या भोगिरहेको मान्न सकिन्छ ।

हालै  नेपालमा  गएको प्रलयकारी महाभुकम्पका कारण मानसिक रोगीको संख्या ठूलो अनुपातमा वढ्ने दावी गर्दछिन नेशनल इन्सिच्यूड अफ साइकोलोजी बानेश्वरकी प्रमुख मनोविज्ञ गंगा पाठक । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको त्रिचन्द्र कलेज मनोविज्ञान विभागको प्रमुख समेत रहेकी उनै पाठकसँग  गरेको कुराकानी :-

० विनासकारी भुकम्पपछि भुकम्प पीडितहरुको मानसिक अवस्था कस्तो पाउनुभएको छ ?
देशमा विनाशकारी भूकम्प गयो । ठूलो जनधनको क्षति भएको छ । अहिले हामी शोकमा छौँ । अहिले अनेक हल्ला पनि चलिरहेका छन् । आमसर्वसाधारणमा त्रास फैलिएको छ । यो भूकम्पबारे विज्ञले भनिरहनुभएको छ कि यसको भविष्यवाणी गर्न सकिँदैन र यसमा सतर्कता अपनाउनु नै बुद्धिमानी हो । यस्ता ठूला विपत्तिपछि खासगरी बालबालिका, महिला, वृद्धवृद्धाको मानसिकतामा असर गर्छ । खासगरी केटाकेटीहरुको मानसपटलमा डर, त्रास, चिन्ता उत्पन्न हुन्छ । उनीहरुलाई के भएको भन्ने वास्तविकता थाहा हुँदैन । उनीहरु अनिश्चित मानसिकतामा हुन्छन् । उनीहरुमा हरक्षण अब के होला भन्ने त्रास उत्पन्न भइरहन्छ । त्यसैले यस्ता ठूला विपत्तिका कुराले उनीहरुमा मानसिक आघात पर्छ । त्रासले गहिरो छाप पार्छ । यसलाई ट्रमाटाइज भनिन्छ । बालबालिकामा परेको यस्तो प्रकारको मानसिक आघात धेरै पछिसम्म पनि रहन्छ । सामान्यतया प्राकृतिक प्रकोप मान्छेको हातमा हुदैन । अनिश्चिताले गरेर मानिसमा मानसिक मात्र नभई शारिरिक दवाव पनि दिएको हुन्छ । मानसिक अवस्थामा पनि मानसिक अवस्थामा भय,त्रास एकैसाथ आएको हुँदा यसले धेरै दवाव पुर्याएछ । त्यसले शारिरिक दवाव पुर्याउछ । सबैभन्दा वढि असर वालबालिका र वृद्धवृद्धालाई असर पुर्याउछ ।

० बालबालिका र वृद्धाहरुको प्रंसग जोडौं, कसरी सम्हाल्ने बालबालिका र वृद्धवृद्धाहरुलाई ?
अरु देशमा टमा काउन्सिलिगको व्यवस्था हुन्छ । टमा भनेको अकस्मात भएको पीडालाई व्यवस्था गर्न प्रक्रिया हो । त्यो टमालाई व्यवस्थापन गर्नका लागि टमा काउन्सिलग गर्नु पर्दछ । यसको असर तत्कालै देखिदैन । प्राकृति प्रकोपले जति समय वित्दै गयो उति टमाटाइज गराउदै लैजाने हुन्छ ।
शनिवार आएको टमा भन्दा अहिलेको टमा धेरै हुन्छ । त्यो समयमा बच्ने मात्रै उपाय हुन्छ । हिजोको सामान्य अवस्था विल्कुलै रहदैन । किनभने सबै स्थिती परिस्थिती असामान्य बन्दै गएको हुन्छ । त्यसकारण यस समयमा हामीले टमा काउन्सिलग गर्नुपर्ने हुन्छ । अहिले हामी जुन भौतिक राहत दिदैछौं तर मानसिक राहत तर्फ हाम्रो सोच जान सकेको छैन । जस्को मानसिक अवस्था कमजोर हुन्छ उनीहरु त्यतिनै टमाटाइज हुने गर्दछन । बच्चाहरुको माइण्ड डाइभर्ड गराउने,खेलाउने गर्नुपर्दछ । बच्चाहरु टेन्टमा बसेका छन । केही त त्यही टेन्ट पनि छैन । घर छाडेर आएका छन । बच्चाहरुले उनीहरुले त्यस्ता कुरा बुझ्दैनन् । सक्रिय रुपमा विभिन्न खेल खेलेर काउन्लिग गर्न कुरा हुनुपर्दछ । टमा काउन्सिल गर्ने व्यवस्था हुनुपर्दछ । सक्रिय रुपमा विभिन्न खेलहरु खेलाएर उनीहरुलाई पूर्ववत अवस्थामा फर्काउनु पर्दछ । त्यस्ता स्थानमा टमा सेन्टर,चाइल्ड साइकोलोजिष्टहरु हुनुपर्दछ ।
० यूवाहरुमा पनि आफू पूर्ववत अवस्थामा फर्कन सकेको छैनन भन्नेहरु पनि छन । उनीहरुलाई कसरी पूर्ववत अवस्थामा फर्काउन सकिएला ?
बच्चाहरुले विश्लेषण गर्न नसक्ने हुँदा यस्ले मानसिक समस्या निम्त्याउछ नै । यसपटकको भुकम्पले कुनै निश्चित वर्गमा मात्रै यसको असर परेको छैन । केटाकेटीको अभिभावक आतिने त्रसिने गरेको देखेर बच्चाहरुमा वढि असर पर्दछ । यस्ले मानसिक विचलन त निम्ताउछ नै । तर आफ्ना अग्रजहरु आतिएको देखेपछि त्यसको असर बच्चाहरुमा वढि पर्दछ । दिमागले काम गरेको अवस्था छैन । टमा भनेको नै के के गरौ कसो गरौ भनेर अन्योल पार्ने र मस्तिकमा पार्ने दवाव हो बस्तु स्थिती नै सामान्य नभए पछि मान्छे सामान्य हुन सक्ने कुरा होइन । आफैलाई सामान्य बनाउने कोसिस गर्नुपर्दछ । न्जको आफ्नो आत्मविश्वाश आफैंले वढाउने कुरा हो,आफैलाई अनुकुल बनाउदै लैजानु पर्दछ । यो निकै च्यालेन्जको विषय पनि हो ।

० फिल्डमा रहदा त्यहाँ भुकम्प पीडितहरुमो मानसिक अवस्था कस्तो पाउनु भयो ?
त्यहाँको अवस्था न शव्दमा वर्णन गर्ने अवस्था छ । खुल्ला अकाशमा भएका व्यक्तिहरुले त्यो अभिव्यक्त गर्न सक्ने अवस्था छैन । त्यहाँ मान्छेहरुको भावना वुझेर मात्र काम गर्ने हो । उहाँहरुले त्यो अभिव्यक्त गर्न सक्नुहुन्न न यहाँ मानिसहरुको अवस्था भनेर भनिसाध्य छ न त बताउन सक्ने अवस्था नै छ ।

० तपाईहरुको एक दुइ मिनेटको हिलिगले समस्याको सामाधान हुन सक्छ ? त्यस्को नतिजा तत्कालै निस्कन सक्छ ?
सक्दैन । यो त निरन्तर हुनुपर्दछ । यस्को लागि त लामो प्रक्रिया र लामो समय लाग्छ । जब मनबाट यसलाई निचोरेर पठाइदैन तब सम्म यो रहिरहन्छ । जहाँ जहाँ प्रोगाम हुन्छ । त्यहाँ त्यहाँ कार्यक्रम सञ्चालन भइरहनु पर्दछ । यो निरन्तर हुनुपर्दछ । व्यक्ति कुन प्रक्रियाको छ र उस्को प्रकृति कस्तो छ भन्ने कुरामा पनि भर पर्दछ । हरेक मान्छेलाई प्रकृतिले शक्ति दिएको हुन्छ । त्यसलाई प्राकृतिक जैविक शक्ति भनिन्छ । जति सकरात्मक रुपमा सोच्यो मान्छे त्यही पावरफुल हुन्छ । सबैभन्दा आत्मवल हो ।

० लामो प्रक्रिया र समय लाग्छ भन्नुभयो ? कति समय लाग्छ यो अवस्थाबाट व्यक्ति पूर्ववत अवस्थामा फर्कन ?
कति समयसम्म भन्ने हुँदैन, जीवनको लामो समयसम्म पनि यसको असर रहन सक्छ । जसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ । अहिले देशमा विनाशकारी भूकम्प गएको छ । साना झट्का आइरहेका छन् । विज्ञले भनिरहनुभएकै छ, ठूलो भूकम्पपछि सानातिना धक्का केही समय आइरहन्छन् । कतिखेर कस्तो भूकम्प आउँछ भन्ने थाह हुँदैन । अहिले बालबालिका, महिला, वृद्धवृद्धामा अवश्य नै निकै त्रास उत्पन्न भएको हुन्छ । बालबालिका मात्रै नभएर महिला, वृद्धवृद्धा पनि मानसिक रुपले निकै विचलित हुनुभएको छ । यस्तो अवस्थामा ट्रमा काउन्सेलिङले नै महत्वपूर्ण हुन्छ । भूकम्पबारे वास्तविकता बुझाउनुपर्छ । हल्लालाई महत्व दिनुहुँदैन । माइन्डले म्यानेज गर्न सामान्यतया तीन महिना लाग्छ । अगाडि नै जोडे नि व्यक्ति कस्तो र कुन अवस्थामा छ उस्को प्रकृति भन्ने कुरामा पनि भर पर्दछ ।

० कोही व्यक्ति घटनास्थलमै मृत भए केही पुरिएर हप्ता दिन पछि पनि जिवितै भेटिए यो चाही कसरी भयो ?
प्रकृतिले सबैलाई शक्ति दिएको हुन्छ । कोही सानो कुरा सुनेर त्यही फेन्ट हुन्छ । कोही त्यो भन्दा पनि ठूलो पीडा पनि पचाउन सक्छ । हरेक मान्छेमा प्रकृतिले जैविक शक्ति दिएको हुन्छ । हो यसपटकको भुकम्पमा पनि त्यही नै भयो । म बाच्छु, म जसरी पनि निष्कन्छु भन्ने आत्मवल भएको व्यक्ति एक हप्ता पछि पनि निस्किएको उदाहरण हाम्रो सामू देखियो ।

० भौतिक राहतका कुरा त आए तर मनोवैज्ञानिक राहतका कुराहरु खासै सुनिएन नि ?
सबैतिरबाट सही र सकारात्मक सन्देश जाने खालका कुरा आउनुपर्छ । हाम्रो देशमा काउन्सिलिङ त्यति प्रयोग र महत्वमा आएको पाइँदैन । भूकम्पको झट्कापछि त्रासमा रहेका खासगरी बालबालिका, महिला र वृद्धवृद्धालाई परामर्श दिनुपर्छ, शिविरै चलाएर पनि । उनीहरुले अनुभूति गरेको, भोगेको कुरालाई बारम्बार भन्न लगाउनुपर्छ । उनीहरुको पीडा सुन्नुपर्छ । उनीहरुलाई पीडा अभिव्यक्त गर्ने अवसर दिइरहनुपर्छ । यसले उनीहरुलाई केही हल्का हुन्छ । उनीहरुलाई सहानुभूति दिइरहनुपर्छ । यस्तो बेला के गरौँ, कसो गरौँ हुन्छ । छटपटाउन, काम्न पनि सक्छन् । तत्कालका लागि विपत्तिपछि अत्तालिएकालाई गर्ने भनेको यही नै हो । त्यसैले अहिले हामी सबैले विपत्तिले अत्तालिएकाहरुलाई सहज हुने वातावरण सिर्जना गर्नुपर्छ ।

०त्यस तर्फ राज्यले केही गरिरहेको पाउनुभएको छैन ?
छैन,राज्यको ध्यान अहिले भौतिक राहतमै केन्द्रित छ तर भौतिक राहत भन्दा पनि महत्वपूर्ण कुरा हो मानसिक राहत यसतर्फ राज्यको ध्यान गएको देखिएको छैन । विश्व स्वास्थ्य सङ्गठनको सर्वेक्षणअनुसार कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित छन् । उक्त सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालमा ४० लाख जति मानसिक रोगको समस्या भोगिरहेको छ । प्रलयकारी यो भुकम्प पछि राज्यले पीडितहरुको मानसिक अवस्था प्रति चासो नदिदा यस्ले भोलि विकराल र भयाभह स्थिती ल्याउन सक्ने देखिन्छ । बेलैमा राज्यले यसलाई सम्बोधन नगरे मानसिक रोगीको स्थिती ठूलो संख्यामा वढ्ने सभ्भावना छ ।

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन