चितवन / जन्मेदेखि दिसा नहुने समस्याबाट पीडित भएकी भरतपुर–५ बेलचोककी ६ वर्षीया वर्षा श्रेष्ठको उपचारका लागि विभिन्न दाताहरुले सहयोग गरेका छन् ।
लक्की मिडिया हाउसद्वारा आयोजित एक कार्यक्रममा प्रभु हाउजिङ एण्ड पोपर्टी डिलर्स प्रालि, भरतपुर–१२, मालपोतचोकका अध्यक्ष केशव कार्की र सञ्चालकद्वय मनोज श्रेष्ठ र किरण बगालेले कम्पनीका तर्फबाट २५ हजार रुपैयाँको चेक पीडित बालिकालाई हस्तान्तरण गरे । कार्यक्रममा दाता केशव कार्कीले आर्थिक अभावले बालिकाको उपचार गर्न नसकेको र बोर्डिङ स्कुलहरुले भर्नासमेत लिन नमानेको समाचार पढेपछि सहयोग गर्न मन लागेको बताए । यस्तो सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै पत्रिकामार्फत परोपकारसम्बन्धी समाचार संप्रेषण गरेकोमा उनले पत्रकारलाई धन्यवाद दिए । बालिकाका बुबा प्रकाशले व्यवसायीहरुको सहयोगप्रति आभार प्रकट गर्दै भने, ‘अब समयमै छोरीको अप्रेशन हुने भयो ।
दिसा नहुने समस्याबाट पीडित बालिकाको पेटबाट प्वाल बनाएर आन्द्रामार्फत् दिसा गर्ने ठाउँ बनाइएको छ । बालिकाको दिसा खुलाउन कान्ति बाल अस्पतालका डाक्टरहरुले यही वैशाख १६ गते शल्यक्रियाका लागि समय दिएका छन् । शल्यक्रिया र औषधि उपचारका लागि कम्तीमा एक लाख रूपैयाँ लाग्ने बताइएको छ ।

No comments:
Post a Comment