एलोभेरा अर्थात घिउकुमारीलाई औसधिको दुनियामा संजीवनी बुटी भन्ने गरिन्छ । यसलाई सुन्दरताका लागि पनि प्रयोग गर्न सकिन्छ । घिउकुमारीको जुस पिउदा छालालाई नरम र स्वस्थ बनाउछ । घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।
घिउकुमारीको रसले कपाल मालिस गर्दा चायाँ हराउने, कपाल झर्न कम हुने, कपाल बाक्लो हुने र ढिला फुल्ने पनि हुन्छ । घिउकुमारीको रसले अनुहार मसाज गर्दा चम्किलो हुने र चाउरीपना पनि कम गर्छ । यसले आँखाको डार्कसर्कल पनि हराउँछ । ओठमा लगाउँदा ओठ गुलाबी र चम्किलो बनाउँछ । त्यसैले घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गरिन्छ । घिउकुमारीको रसले दाँत मालिस गर्दा दाँत चम्किलो र बलियो बनाउँछ ।

घिउकुमारीको फाइदाहरु ;-
– घिउकुमारीको पातको रसलाई ३ देखि ४ चम्चा रस बिहान खाली पेटमा खानाले दिनभर शरीर फुर्तिलो रहन्छ ।
– घिउकुमारीको जुस पिउनाले कब्जियतको बिरामी हट्छ ।
– यसले सुगर नियन्त्रण गर्छ ।
– घिउकुमारीको जुस मेहन्दीमा मिसाएर लगाउनाले कपाल चम्किलो र स्वस्थ हुन्छ ।
– यसबाट पायल्स, मधुमेह तथा गर्भाशयको रोग एवम.पेटको विकार भगाउछ ।
– छालाको समस्या, खस्रो छाला, घामबाट डढेको छाला, चाउरिएको छाला, दाग एवम् आँखाको कालो घेरा हटाउछ ।
– घिउकुमारीको जुसले लामखुट्टेको टोकाईबाट हुने संक्रमणलाई कम गर्न सकिन्छ ।
– रगतलाई शुद्ध बनाउछ, जसबाट हेमोग्लोबिनको कमी पनि पूरा गर्छ ।
– शरीरमा व्हाइटब्लडको संख्या बढाउछ ।
– घिउकुमारीको जुसले छालालाई नरम बनाउछ, जसबाट छाला स्वस्थ बनाउछ ।
– नियमित सेवनले शरीरको जोर्नी दुखाई कम गर्छ ।
– घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गर्न सकिन्छ ।
– घिउकुमारीले कपाललाई सुन्दर बनाउने मात्र होइन, जरैदेखि मजबूत बनाउँछ । यसले कपाल झर्न दिदैंन ।

No comments:
Post a Comment