पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Friday, April 24, 2015

फार्मेसी क्षेत्रको विकासका लागि गम्भीर बन - Jay pathak ( जे.पि.)

                                                                                                                              -  Jay pathak ( जे.पि.)
  के फर्मासिस्टहरू सरकारी जागिरको लागि योग्य छैनन् ??? कि यस क्षेत्रको आवश्यकता र महत्व बुझाउन सकिएन ???


विश्वकै अत्यन्त सम्मानित एवम् संवेदशील क्षेत्र हो फार्मेसी; तर बिडम्बना नेपालमा यस्तो हुन सकेन । प्रत्येक वर्ष सरकारी स्तरमा लोकसेवा आयोगले मागिने फार्मेसीको कोटा हेर्दा यस क्षेत्रको नै खिल्ली उडाए जस्तो देखिन्छ ।

          हालै मात्र लोकसेवा आयोगबाट स्वास्थ्य क्षेत्रको पाँचौ तहको लागि खुलाइएको स्वास्थ्य क्षेत्रका विभिन्न समूहको ६५० भन्दा बढीदरबन्दीको लागि दरखास्त आह्वान गरिएकोमा फार्मेसीको जम्मा ६ वटा कोटा तोकिनुले यस क्षेत्रको विकासको लागि सम्बन्धित निकाय कत्तिको संवेदनशील भएको छ भन्ने कुरा छर्लङ्ग देखिएको छ । यसलाई हेर्दा फर्मासिस्टहरू सरकारी जागिरको लागि योग्य छैनन् कि यस क्षेत्रको आवश्यकता र महत्व बुझाउन सकिएन; यो आँफैमा प्रश्न बनेको छ ।
         हो, औषधी बिनाको उपचार सम्भव छैन् । त्यो सबैले बुझेको कुरा हो । अनि औषधीसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो फार्मेसी, त्यहीसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति हुन् फर्मासिस्ट अर्थात् औषधीविज्ञ । यहाँ औषधी खान नपाएर भन्दा खाएर मर्ने तथा त्यसको शरीरमा नकारात्मक असर बढी देखिएको छ । औषधीको उचित प्रयोग हुन नसक्दा हुने असरबारे खासै चासो दिएको देखिँदैन । दिन प्रतिदिन औषधीले काम गर्न छाड्ने समस्या (ड्रग रेसिस्टेण) देखा परिरहेका छन् । यस्तैै गरी यस क्षेत्रको अन्धा–धुन्द रूपमा चलिरहने हो भने एक दिन औषधी क्षेत्रमा सङ्कटकाल नआएला भन्न सकिँदैन । त्यसतर्फ फर्मासिस्टहरू मात्र होइन सबै स्वास्थ्यकर्मी समयमै सचेत हुनुपर्ने समय आएको छ ।

       नेपालमा वर्षेनी हजारौंको सङ्ख्यामा फर्मासिस्टहरू उत्पादन भएका छन् । तर त्यस जनशक्तिलाई कार्यमूलक बनाउनतर्फ सम्बन्धित निकायले खासै चासो दिएको देखिँदैन । देशमा यत्रो वरिष्ठ फर्मासिस्टहरू हुनुहुन्छ तर आफ्नो देशको अहिलेसम्म फर्माकोपिया बन्न सकेको छैन, न त कुनै औषधीको एक्टिभ केमिकल कन्स्टीच्युटस् नै बन्न सकेको छ ।
यत्रो औषधीहरू उत्पादन गर्ने कम्पनीहरू छन् तर औषधी उत्पादनमा चाहिने हरेक कुराहरूमा विदेशीको मुख ताक्नु पर्ने अवस्था छ । विदेशबाट आयात रोकिने हो भने एउटा पारासिटामोल ट्याब्लेट समेत मुखमा पर्न सक्दैन् । तै पनि यस्तो कुरामा किन सम्बन्धित निकाय संवेदनशील बन्न सकेको छैन । हो नेपालमा सबै कुरो एकै चोटी विकास गर्न हरेक कुराले साथ नदेला तर प्रयास नै नगर्नु कहाँसम्म लाजमर्दो कुरा हो ।

        हाम्रो देशमा थुप्रै प्राकृतिक तथा औषधीजन्य वनस्पतीहरू छन् । जसबाट औषधी उत्पादन गर्न सकिने ठूलो सम्भावना छ, तर त्यो सबै फ्रिज भएर बसेको छ । दुःखको साथ भन्नुपर्छ यहाँबाट औषधीजन्य वनस्पती हामी १०० रूपैयाँमा बेच्छौं पछि त्यही चिजलाई उनीहरूबाट हजारौं रूपैयाँभन्दा बढी खर्चिएर हामीले किन्नु पर्छ । यो हाम्रो बाध्यता हो, किन त्यस्ता कुरामा सम्बन्धित निकायले चासो दिँदैनन् ।

          यदि त्यस्तो क्षेत्रमा देशमा नै उत्पादन भएका फर्मासिस्टहरूलाई उपयुक्त वातावरण सिर्जना गरी लगाउन सके यस क्षेत्रले ठूलो फड्को मार्न सक्ने कुरामा कुनै दुई मत छैन् । त्यसको लागि फर्मासिस्टहरू आँफै जागेर आजैबाट जुट्नु पर्ने तथा उठ्नु पर्ने दिन आइसकेको छ । अनि सरोकारवाला निकायहरूको पनि घैँटोमा घाम लाग्नु पर्ने दिन आएको छ । प्रत्येक स्वास्थ्य संस्थामा फर्मासिस्टको कोटा सुनिश्चित् गरियोस् ।
लोकसेवा आयोगबाट खोलिने फार्मेसी क्षेत्रको दरबन्दी कोटा वृद्धि गरी छिट्टै अर्को माग आह्वान गरियोस् । जनताको स्वास्थ्यप्रति सदैव उत्तरदायी एवं संवेदनशील बनियोस् । फार्मेसी क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान जाओस् ।
                           “आफ्नो हक र अधिकारको लागि सम्पूर्ण फर्मासिस्टहरु एकजुट होऔं ।”

पाठक हेल्थ खबर

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन