काठमाडौं । चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्ने विषयमा छलफल भएको छ ।
आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बीच शुक्रबार भएको छलफलमा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न उपयुक्त हुने विषयमा छलफल भएको छ। तर सिसिएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय भने गरेको छैन। आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार शुक्रबार भएको छलफलमा साउन ९ गते देखि परीक्षा सञ्चालन गर्न सकिने सैद्धान्तिक छलफल मात्र भएको जानकारी दिए।
यसअघि आयोगले असार २६ गतेदेखि प्रवेश परीक्षा सञ्चालनको अनुमति माग गर्दै सिसिएमसीलाई प्रस्ताव पाठएको थियो। शुक्रबार भएको छलफलले आयोगको प्रस्ताव अनुसार परीक्षा सञ्चालन गर्न महामारीको समय कामयै रहेकाले हतारो हुनसक्ने निष्कर्ष पनि निकालेको छ। चिकित्सा शिक्षा तर्फको स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षा दिन २५ हजारभन्दा बढी विद्यार्थीले आवदेन दिएका छन्।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



No comments:
Post a Comment