- शिव बसेल
२०७४ फाल्गुन २३ ( बुधवार ) चितवन / सबैजनाले मासिक Blood sugar , Lipid profile र त्रैमासिक थाइरोइड
चेक-अप गरायकै थिए । आआफ्नो पैसाले नियमित औषधी पनि किनेकै थिए।
डाक्टरहरुले पनि बिरामीहरु र MR हरुका चित्त बुझाएका नै थिए । फार्मेसीमा
पनि चाडाे - चाडाे बिल काट्न भ्याएका नै थिए। झट्ट हेर्दा सबै ठिक-ठाक थियो।
फेरि यो बिमा किन र कस्लाइ चाहियको हो त ?
जम्मा ८०० पर्यो बिमामा ? अनि यो रु ५० के को नि ? हाम्रो उत्तर सजिलोसँग "यो बिमामा नपर्ने भएर"। बिरामीका आफन्त भन्दै थिए उहाँ भने 2500 लिएको छ।सबै औषधी फ्री भनेथे यहाँ भने पैसा लिने? अर्को बिल काटेपछि फेरि सबाल उठ्छ ; मलाई डाक्टर साबले ३ महिनाको औषधी लेख्नु भथ्यो ! तपाइहरु जम्मा १ महिनाको दिने ?फेरि अर्को थप्छन् "यति ढिलो नि बाबै जम्मा रु ३० को लागी यत्रो बेर लाइनमा !!
एउटा बा भन्दै थिए " मेरै खातामा घट्ने हो क्यारे १ महिनालाई ग्यासटिकको औषधि थप्देउन बाबू"।
अर्का बा को रु ३६०० बराबरको सबै परेछ क्यारे । मलाइ त नाफा भो भन्दै थिए । मैले भने "बा यो नाफा होइन, राहत हो" बा ले फिस्स दात देखाउनु भो र बाटो लाग्नु भयो।

अब प्रश्नहरु खडा हुन थाले ;-
१)के बिपन्न बर्ग ,सिमान्तकृत परिबारलाई बिमाले राहत देला त ? जो रु २५०० तिर्ने आट गर्दैनन् वा त्यो बारे ज्ञान छैन ?
२) सेबाग्राहीहरु धेरै औषधी प्रयोग गर्न पाय हुन्थ्यो भन्ने आसयबाट ग्रसित भयकाले ,औषधीमा हुने लबणरुप (salt form) को दुस्प्रभाबको चपेटामा पर्ने ,जसले मृगौलामा जोखिम ,drug resistance जस्ता समस्या ले दीर्घकालीन असर पर्ने देखिन्छ । यो बारे बिमाप्रदान गर्ने सस्थाले के कदम चाल्नु पर्ला त ?
( लेखक बसेल भरतपुर अस्पताल फार्मेसीमा कार्यरत हुनुहुन्छ । )
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



No comments:
Post a Comment