यही फागुन २८ गते शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने हुँदा सम्बन्धित महानुभावहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गरिन्छ । अस्पतालद्वारा जारी गरिएको सूचनामा भनिएको छ । मार्च ९ अर्थात् यही फागुन २६ गते विश्व मृगौला दिवस मनाइदै छ ।
अस्पतालद्वारा जारी गरिएको सूचना यस्तो छ :
“स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका, आर्थिक रुपमा विपन्न जनताहरुलाई समेटेर ‘टोल–टोलमा सिटी हस्पिटल’ नाराका साथ ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।” अस्पतालका प्रबन्ध निर्देशक बिक्रम अधिकारीले भन्नु भयो- “यही फागुन २८ गते शनिबार हस्पिटलमा एकदिने मृगौंलाको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दैछौं । सबैलाई सो शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दछु । यसलाई हामीले अस्पतालको सामाजिक उत्तरदायित्वको रुपमा लिएका छौं ।”
“स्वस्थ समाजको निर्माणको निम्ति
हाम्रो अभियान” भन्ने मूल नाराका साथ यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर
सञ्चालन गर्दै आएको यस अस्पतालले निम्नआर्थिक स्थिति भएका बिरामीहरूलाई
समेत मध्यनजर गरी सो निःशुल्क मृगौंलाको परीक्षण शिविर सञ्चालन गर्न लागिएको बताउँदै कुनै स्वास्थ्य
समस्या नभए पनि नियमित स्वास्थ्य परीक्षणको लागि पनि सो सुवर्ण अवसरमा
सहभागी हुन सबैमा अस्पताल प्रशासनले अनुरोध गरेको छ ।
यसअघी नारायणगढमा रहेको यस नेशनल सिटी हस्पिटलले विगत डेढवर्षयता चौबीसकोठीस्थित सुविधासम्पन्न भवनबाट विशेष व्यवस्थापनका साथ आफ्नो नियमित सेवा सञ्चालन गर्दै आएको छ ।
“स्वस्थ समाजको निर्माणको निम्ति
हाम्रो अभियान” भन्ने मूल नाराका साथ यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर
सञ्चालन गर्दै आएको यस अस्पतालले निम्नआर्थिक स्थिति भएका बिरामीहरूलाई
समेत मध्यनजर गरी सो निःशुल्क मृगौंलाको परीक्षण शिविर सञ्चालन गर्न लागिएको बताउँदै कुनै स्वास्थ्य
समस्या नभए पनि नियमित स्वास्थ्य परीक्षणको लागि पनि सो सुवर्ण अवसरमा
सहभागी हुन सबैमा अस्पताल प्रशासनले अनुरोध गरेको छ ।यसअघी नारायणगढमा रहेको यस नेशनल सिटी हस्पिटलले विगत डेढवर्षयता चौबीसकोठीस्थित सुविधासम्पन्न भवनबाट विशेष व्यवस्थापनका साथ आफ्नो नियमित सेवा सञ्चालन गर्दै आएको छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment