पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, May 12, 2016

किन हेलामा फार्मेसी क्षेत्र ?

  • ऋषि कडरिया (डिम्पल )                                                                                 
        २०७३ बैशाख ( बिहीवार ) नयाँबजार, काठमाण्डौ / स्वास्थ्य क्षेत्र निकै संवेदनशील क्षेत्र हो ।  विश्वमा दिनप्रतिदिन हरेक क्षेत्रमा विकास एवं परिवर्तनहरु भईरहेका छन् । विभिन्न प्रविधिको विकास सँगै हरेक क्षेत्र सहज बन्दै गएको छ ।  स्वास्थ्य क्षेत्रका विभिन्न पाटोहरु मध्ये एक अतिनै संवेदनशील क्षेत्र  हो– फार्मेसी । विद्यार्थी र अभिभावकको अध्ययनको पहिलो रोजाई मात्रै बनेको छैन २१ औं शताब्दीमा निकै चितपरिचित छ यो क्षेत्र, यस्तो चर्चा र आवश्यकता रहदा पनि सरकारले यस क्षेत्र माथी दमन गरिरहेको छ । नेपालमा हजारौं संख्यामा फर्मासिष्टहरू उत्पादन भैसकेको छ भने अझै कयौं संख्यामा उत्पादनको मुखमा छन् । स्वास्थ्य क्षेत्रको एउटा निकै महत्वपूर्ण र आवश्यकता रहेको पेशा (औषधी) फार्मेसी पेशा हो । जहाँ नेपालमा ठूलो संख्यामा स्वास्थ्य संस्थाहरू, अस्पताल, नर्सिङ होम, ट्रमा सेन्टर, क्लिनिक, स्वास्थ्य चौकी आदिमा फार्मेसीको आवश्यकता रहँदा पनि सरकारी स्तरबाट भने खासै मागेको पाइदैन । के स्वास्थ्य संस्था, अस्पतालहरुमा फार्मेसीष्टहरुको आवश्यकता महसुस नभएर हो सरकार ?
           
         हरेक अस्पताल, स्वास्थ्य चौकी, ट्रमा सेन्टर आदिमा उपचार गरि सकेपछि औषधीको सही सदुपयोग भएन भने विरामीको ज्यानै समेत जान सक्छ । कतिपय सरकारी तथा निजी अस्पताल स्वास्थ्य क्लिनिक, स्वास्थ्य चौकी, ट्रमा सेन्टर आदिमा औषधीको सही सदुपयोग– उचित रोगमा उचित औषधी, औषधीको भण्डारण प्रकृया, म्याद नाघि सकेको औषधीको प्रयोग, ज्ञान नभएका व्यक्तिहरूद्वारा विक्री वितरण गरिएको, आधिकारीक मान्यता नभएका व्यक्तिहरुले फार्मेसी संचालन गरिएको जस्ता अवैधानीक गतिविधि कारण स्वास्थ्य क्षेत्रमा नै ठूलो समस्या देखा पर्ने गरेका छन् । जसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सर्वसाधारणको स्वास्थ्यमा परेको छ ।

      तत्कालिन अवस्थामा नेपालका दुर्गम बस्तीहरुमा सिटामोलको पाउने ठाउँको समेत हाहाकार भईरहेको बेला सुविधा सम्पन्न भनिएका ठाउँहरुमा भने  निजी तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी, क्लिनिकहरू च्याउ उम्रे सरी उम्री रहेको छ तर पनि सरकारी तर्फबाट फार्मेसी जस्तो संवेदनशील क्षेत्रमा सरकारी कोटा निर्धारण गरिदैनन् । साहेक फर्मासिष्ट र फर्मासिष्टको स्वास्थ्य क्षेत्रमा आवश्यकता रहदा पनि सरकारी कोटाको माग नगर्नु सरकारको अपहेलना हो । देशको स्वास्थ्य क्षेत्रको मेरुदण्डको रुपमा रहेको टिचिङ्ग, वीर अस्पताल, वि.पि.कोइराला (धरान), वि.पि.कोइराला क्यान्सर आदि अस्पतालमा सरकारी फार्मेसी कोटा निर्धारित गरिएको छैन । कतिपय अस्पतालहरूमा उपचार गर्नुको साथ साथै फार्मेसीमा पनि डाक्टर, एचए, अहेव  आदि व्यक्तिहरूले चलाउनु परेको गुनासो सुनिन्छ । कति अस्पतालमा इमेरजेन्सी औषधी लगायत अन्य औषधीको अभावले विरामीहरूले कष्ट भोग्नु परेको छ । साथै औषधि र रोगसँग सम्बन्धित उचित परार्मशको अभावमा औषधिको अविवेक पूर्ण प्रयोग भएको पाइन्छ ।  यस्तो समस्या देख्दा देख्दै पनि सरकारी निकायबाट समस्याको समाधान गरिएको पाइदैन ।

       त्यसैले अब फार्मेसीको हक र हित प्रति फार्मेसी अध्ययनरत विद्यार्थी, साहेक फर्मासिष्ट तथा फर्मासिष्टहरू आफ्नो हक र अधिकार प्रति जागरुक भई अघि बढ्नु जरुरी छ । हजारौं संख्यामा फर्मासिष्टको आवश्यकता रहँदा पनि सरकारी निकायले कोटा निर्धारण नगर्नु फार्मेसी क्षेत्रलाई हेला हो । फार्मेसी क्षेत्रको हक र हितका लागि खोलिएका संस्थाहरू अब सरकार प्रति फार्मेसी क्षेत्रको अधिकार र सुविधामूलक पेशा बनाउन अघि बढ्नु पर्ने वेला आएको छ । त्यसकारण फार्मेसीको हक र हित तथा सरकारी कोटा निर्धारण गर्नका निमित्त सबै क्षेत्रबाट एकजुट भै अघि बढौं । जनताको शु– स्वास्थ्य, गुणस्तरीय जीवन निर्माण गर्दै स्वास्थ्य समाजको निर्माण गर्नु हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरुको साझा मूल उद्देश्य हो । त्यसकारण राज्य लगायत सबैजना  त्यस तर्फ सचेत एवं सम्मेमित रहन आवश्यक छ । 

   - लेखक कडरिया स्कुल अफ मेडिकल साईन्सेस् (एस.एम.एस) मा डिप्लोमा इन फार्मेसी अध्ययनरत छन् ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन