- जय पाठक (जे. पि.)
चितवन / विशालमार्ग–४, नारायणगढ, चितवनबाट आफ्नो सेवा सञ्चालन गर्दै आईरहेको नेशनल सिटी हस्पिटल लिमिटेडले यही श्रावण ३० गतेबाट हस्पिटल रोड, चौबिसकोठी, चितवनको सुविधा सम्पन्न भवनबाट थप अत्याधुनिक सुविधाका साथ आफ्नो नियमित सेवा सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
नयाँ व्यवस्थापनका साथ सञ्चालन हुन लागेको सो हस्पिटलले थुप्रै नयाँ सेवाहरु थप गरिएको बताएको छ ।
हस्पिटलले पहिलेको आफ्नो सम्पर्क नम्बर समेत परिवर्तन गरी ०५६–५२४०१४, ५२७०१७, ५२३४११ नम्बर सञ्चालनमा ल्याएको जानकारी गराउँदै यसबाट बिरामीहरुमा पर्न गएको असुविधा प्रति क्षमा याचना गरेको छ ।
- पाठक हेल्थ खबर

No comments:
Post a Comment