चितवन \ सप्तगण्डकी
बहुमुखी क्याम्पस भरतपुर चितवनमा स्वास्थ्य शिक्षा मूल विषय लिई अध्ययन
गरेका एम.एड. प्रथम वर्षका विद्यार्थीहरुले र.न.पा.९ सालघारी टोल, चितवनका
तिन वटा स्थानीय समुदायलाई लक्षित गरि स्वास्थ्य सर्वेक्षण गरी तयार
पारिएको नतिजा प्रस्तुतीकरण कार्यक्रम श्री पञ्चदीप राष्ट्रिय प्रा.वि.
र.न.पा–९, चितवनमा सम्पन्न भएको छ । १ हजार भन्दा बढी जनसमुदायको उल्लेखनीय
उपस्थित रहेको सो कार्यक्रममा एम.एड. प्रथम वर्ष (स्वास्थ्य शंकाय)का
विद्यार्थीहरुले आ–आफ्नो भागमा परेका शीर्षकमाथि सर्वेक्षणबाट प्राप्त
नतिजालाई कलात्मक ढंगले प्रस्तुत गर्नुका साथै स्वास्थ्य समाज निर्माणका
निम्ति सबैको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसमा लाग्न उपस्थित सबैमा
अनुरोध गर्नुभएको थियो ।
स्वास्थ्य शिक्षा सचेतना, ९७ जनाको निशुल्क रक्त
समूह छुट्याउने (ब्लड ग्रुपिङ्ग) श्री पञ्चदीप राष्ट्रिय प्रा.वि लाई
निशुल्क प्राथमिक उपचार बाकस हस्तान्तरण, प्राथमिक उपचार सम्बन्धी
सम्पूर्ण सन्देश सहितको नमूना सप्तगण्डकी प्राथमिक उपचार डायरी निःशुल्क
वितरण एवं विविध स्वास्थ्य चेतना मूलक कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसका स्वास्थ्य विभागका विभागीय प्रमुख नन्दलाल
पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा श्री पञ्चदीप राष्ट्रिय
प्रा.वि. का प्र.अ सर्मिला भट्ट विशेष अतिथी रहनु भएको थियो । विद्यार्थी
घमानसिंह सुस्लिङको स्वास्थ्य सन्देशसहितको गीतले कार्यक्रममा थप रौनकता
थपेको थियो ।
सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका विद्यार्थी टोली नेता शान्ता रिजालको
अध्यक्षतामा सम्पूर्ण सो कार्यक्रममा क्याम्पसका स्वास्थ्य विभागका
सदस्यहरु गोविन्द प्रसाद पराजुली, दीपक श्रेष्ठ साथै स्थानीय बुद्धिजीवी,
समाजसेवी, विभिन्न स्थानीय दलका प्रतिनिधि लगायत स्थानीय वासिन्दाहरुको
उल्लेखनिय सहभागिता रहेको थियो ।
पाठक हेल्थ खबर


No comments:
Post a Comment