पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Tuesday, May 25, 2021

साहाराको घरलाई यात्रा ग्रुप र पुष्पाञ्जली हस्पिटलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


चितवन । यात्रा ग्रुप चितवन र श्री पुष्पाञ्जली हस्पिटल प्रालिले भरतपुर ११ स्थित सहाराको घरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर साहाराको घरमा आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा औषधि सहयोग गरिएको ग्रुपका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

मंगलबार एक कार्यक्रमका बीच ग्रुपका अध्यक्ष कार्की र श्री पुष्पाञ्जली हस्पिटल प्रालिका प्राविधिक अधिकृत प्रवीण खनालले संयुक्त रूपमा साहाराको घरकी अध्यक्ष स्वस्तिका तिवारीलाई सो सामग्री हस्तान्तरण गरिएका छन् ।



कोरोना महामारीले निम्त्याएको यो संकटको बेला गरिएको सहयोगका लागि सहयोगी दातालाई अध्यक्ष तिवारीले धन्यवाद व्यक्त गरिन्। उनले यस्ता संस्थाहरुलाई सबैले सहयोग गर्न समेत अनुरोध गरिन् ।


ग्रुपका अध्यक्ष कृष्ण कार्कीले यो विषम परिस्थितिमा युवाहरूलाई आ–आफ्नो क्षेत्रबाट सामाजिक सेवामा लाग्न अनुरोध गरे । ग्रुपको सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको उनले बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाए ।



सो कार्यक्रममा श्री पुष्पाञ्जली हस्पिटल प्रालिले समेत सहयोग गरेको थियो । सहाराको घर भरतपुरमा १८ जना बेसहारा बालिकाहरू रहेका छन् ।

सामाजिक क्षेत्रमा समेत निकै सक्रिय यात्रा ग्रुप भरतपुरका युवाहरुको एक समुह हो । यस ग्रुपले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

यसअघि यात्रा ग्रुप भरतपुरले गरेका सामाजिक कार्यहरु यहाँ हेर्नुहोस्: 


आमाको माया छात्रावासलाई यात्रा ग्रुप भरतपुरको खाद्यान्न सहयोग


यात्रा ग्रुपको बार्षिकोत्सवमा सहाराका बालिकालाई खाना


भरतपुर अस्पताल सरसफाइमा यात्रा ग्रुप


देवचुलीमा यात्रा ग्रुपको निःशुल्क दन्त शिविर


यात्रा ग्रुपको आयोजनामा कोरोनाबारे सचेतना कार्यक्रम


  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन