पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Monday, February 22, 2021

लक्की मिडिया हाउसको पाँचौं वार्षिकोत्सवमा चितवनका तीन जना वरिष्ठ चिकित्सक सम्मानित

सम्मानित तीन जना वरिष्ठ चिकित्सक सम्मानित
- जय पाठक (जेपी)
चितवन, फागुन । चितवनका तीन जना वरिष्ठ चिकित्सकहरुलाई सम्मानित गरिएको छ ।  चितवनस्थित लक्की मिडिया हाउसको पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार भरतपुरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।  
मिडिया हाउसले विभिन्न विधा तथा क्षेत्रमा समाज रुपान्तरण र विकासमा भूमिका खेल्ने व्यक्तित्वलाई सम्मानित गरेको हो ।  सम्मानित हुनेमा चिकित्सा विधामा भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक संघ चितवन शाखाका निवर्तमान अध्यक्ष डाक्टर प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट एवं कोभिड व्यवस्थापनका फोकल पर्सन डाक्टर सुदिपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग, नवजात शिशु तथा बाल सघन उपचार विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक रहेका छन् ।   

यस्तै शिक्षाकर्मी, चलचित्र क्षेत्रकी नायिका आँचल शर्मा र अभिनेता  विपिन कार्की लगायतलाई पनि सम्मानित गरिएको छ भने खेल विधा, पत्रकार लगायतलाई पनि सम्मानित गरिएको छ ।   

यस्तै मिडिया हाउसले चितवनका व्यवसायी क्षेत्रका व्यत्तित्वलाई समेत सम्मान गरेको छ ।  सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की” ले कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त बनाएको बेला पाँचौ वार्षिकोत्सवको अवसरमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफू अत्यन्त खुशी भएको बताए । ‘ कोरोनाले सम्पूर्ण क्षेत्र अस्तव्यस्त र धराशायी छ , कार्कीले भने, सम्मानले उहाँहरुलाई केही उत्साह र उर्जा मिल्ने हाम्रो विश्वास छ । ’ 

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका स्तम्भ संयोजक प्रमुख एवम् हाम्रो डक्टर न्युजका चितवन ब्यूरो प्रमुख जय पाठक (जेपी) लगायतका शुभचिन्तकहरूको सहभागिता रहेको थियो । 
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन