पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, December 10, 2020

चितवनमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ९२ प्रतिशत संक्रमणमुक्त


चितवन, २६ मंसिर । चितवनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ । 
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीवार दिउँसोसम्म जिल्लाभर ६ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म पाँच हजार ५ सय ३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ९१ दशमलव ६९ प्रतिशत हो । 

संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा मात्रै ४ हजार २ सय ८९ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये तीन हजार ९ सय ३ जना निको भइसकेका छन् । त्यस्तै ३ सय २७ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यसैगरि रत्ननगर नगरपालिकामा ७ सय २५ संक्रमित मध्ये ६ सय ८२ जना निको भएका छन् । राप्ती नगरपालिकामा ३ सय ६ संक्रमित मध्ये दुई सय ८९ जना निको भएका छन् । खैरहनी नगरपालिकामा ३ सय ८९ संक्रमित मध्ये ३ सय ६४ जना निको भएका छन् । कालिका नगरपालिकामा एकसय ८० संक्रमित मध्ये एकसय ६० जना निको भएका छन् । माडी नगरपालिकामा एकसय १३ संक्रमित मध्ये एकसय ५ जना निको भएका छन् । त्यस्तैगरी इच्छाकामना गाउँपालिकामा ३६ संक्रमित मध्ये ३३ जना निको भएका छन् ।

 चितवनमा संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढी छन् । अहिलेसम्म ३ हजार ६ सय ६ जना पुरुष र २ हजार ४ सय ३१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ९७ जनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ६ प्रतिशत हो । मृत्यु हुनेमा ५९ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ३८ जना जिल्लाका अन्य पालिकाका छन् । जिल्लामा माडी नगरपालिकामा भने अहिलेसम्म संक्रमित मध्ये कसैको पनि मृत्यु भएको छैन । 

त्यस्तैगरी जिल्लामा बिहीवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ४ सय ५ रहेको छ । त्यसमध्ये ३ सय ५१ जना होम आइसोलेसन, २६ जना संस्थागत आइसोलेसन र २८ जना अस्पताल भर्ना भई उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन