२०७६ कार्तिक १९ ( मंगलवार ) लण्डन / स्वास्थ्य कर्मी राजन खकुराल अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा नियुक्त भएका छन् । बेलायत स्थित नेपाली समुदायमा पहिले देखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका खकुरेलले विभिन्न संघ संस्थामा रहेर सामाजिक काम गरि रहुनुभयको युवा हुनुहुन्छ । खकुराल विगत दश वर्षदेखि बेलायतमा व्यवसाय गर्दै आएका छन् ।
खकुराल प्रवक्ता नियुक्ति भएसँगै संस्था अझै बलियो हुने र आफूलगायत सम्पूर्ण कार्यसमितिलाई काम गर्न उत्साह बढेको समाजका अध्यक्ष नानुकाजी अर्यालले जानकारी दिए । खकुराल प्रवक्तामा नियुक्ति भएसँगै समाज सम्पूर्ण धादिङवासीहरूलाई एकै ठाउँमा जोड्न थप बल पुगेको र सामाजिक सेवामा समाज अझै सशक्त भएर अगाडि बढ्ने महासचिव प्रमोद भट्टले बताए ।
‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित संस्थाले अहिलेसम्म ३६ वटा देशमा नेटवर्क विस्तार गरिसकेको छ । सन् २०१० मा बेलायत पुगेका खकुराल बेलायतमा रहेका सबै नेपालीहरुमा माझ् परिचित हुनुहुन्छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )





No comments:
Post a Comment