बिनोद ढकाल
२०७३ माघ २७ ( बिहीवार ) काठमाडौँ / फिल्म निशानामा ‘नाच्ने हो कि गाउने हो ?’ त्यसै गरी विभिन्न अवार्डबाट पुरस्कृत फिल्म मोक्षको प्रोमोशनल गीत ‘मर्छु कि क्या हो गाँजा तानी तानी’ गाएका बहुप्रतिभाशाली बिनोद ढकालको आफ्नै स्वर, शब्द संगीत,निर्देशन,अनी स्वयंले अभिनय गरेका गीत तथा भिडियो यूटुबमा सार्वजनिक भएको छ ।
‘बाजेले गिटार बजाको, बज्यै नाच्नु लजाको । यो मेरो गीत सुन है साथी कति मजाको' निकै रमाईलो शैलीमा प्रस्तुत गरेका सो गीत तथा भिडियो सार्वजनिक भएको हो । बिनोद स्वयंले अभिनय गरेका हालसालै सार्वजनिक भएको यो गीति भिडियोलाई अनुप गिरीले खिचेका हुन भने सुशिल न्यौपानेले सम्पादन गरेका हुन्।
हेर्नुहोस् सार्वजनिक भएको गीत तथा भिडियो यस्तो छ ।
भिडियो थाईल्याण्डको समुन्द्र तटमा छायाँकन गरिएको हो ।
विभिन्न गीतमा ¥याप भर्नुका साथै आफै आधा दर्जन चलचित्रमा मुख्य गीतमा स्वर, संगीत र शब्द भरेका बिनोद ढकाल अभिनयमा पनि जम्नुको साथै दुई एल्बम समेत निकालेका छन् ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



No comments:
Post a Comment