पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, August 11, 2016

मूर्ख विद्वानलाई विरहीको खुल्लापत्र


                                                                                                                - शिव शर्मा ‘विरही’
हे मूर्ख विद्वान कालिदास
नकाट फेद हाँगामा बसी ’
हाँगो चुडिएमा लानेछन् लास 
पहँलो कपडामा चोयाले कसि ’

   २०७३ श्रावण २८ (शुक्रबार) चितवन / मूर्ख विद्वानलाई खुल्लापत्र शीर्षकमा लोकप्रिय अन्लाईन खबर - यस पाठक हेल्थ खबर मार्फत  यथार्थ एवं चेतनामूलक लेख, लेख्न मनलाग्यो त्यसैले म हाम्रै समाजको कुरीति र कुसंस्कार विरुद्ध केही लेखि असव्य समाजलाई सव्यतामा डो¥याउने उद्देश्यले कलम चलाउन गईरहेको छु । 

     मलाई एक शिक्षित एवं समाजका प्रतिष्ठित अनि आफूलाई विद्वान भन्न रुचाउने, कहलिएका एक व्यक्तिको अपाच्य शब्द एवं धेयको दृष्टिले हेरेको हुँदा सोही विषयलाई मैले यस पत्रिकामार्फत उहाँ सामू पु¥याउने जमर्को गरेको छु । तर मैले यहाँ ति मूर्ख विद्वानको नाम लेखि रहन सादर्भिक ठानिन त्यसैले ‘गुमनाम’ राखेको छु । सायद उहाँले पि.एच.डि. गर्दै हुुनुहुन्छ क्यारे त्यसैले मैले उहाँलाई मूर्ख विद्वानको उपाधि दिन चाहे ।  

महोदय, “मूर्ख विद्वान्”ज्यू , कोटि–कोटि नमस्कार ! 
        आराम छु, आराम चाहन्छु, तपाईंले तपाईंको निकट्तम मित्रँसग समाजमा दाग लगाउने तर्क गर्नु भएकोमा म ज्यादै खुशी छु र आभारी पनि ! सायद भविष्यमा पनि यस्तै–यस्तै अमृत रूपि वाणी तपाईंंको मुखारबिन्दबाट निरन्तर सुनिरहन पाऊँ म यहीअपेक्षा गर्दछु। तपाईं जस्तो शिक्षित पि.एच.डि गर्दै गरेको ब्यक्तिले २१ औ. शताब्दीमा १६ औं शताब्दीको ढुङ्गे युगमाझरी छोरा र छोरीको विभेदात्मकआलोचनागर्ने प्रयास र समय दिनु भएकोमा म आफैलाई भाग्यमानी ठानेको छु ।

      छोरी भएको कोखमा छोरा पनिहोलान् भन्ने सानो हेक्कापनि नराखी कटु आलोचना गरेकोमातपाईंलाई पहिलो प्रश्नगर्न चाहेँ – छोरा छैनन्, हुँदैन भन्न अलिहतार पो भयो कि ..? दोस्रो प्रश्न – छोरा नहुनेले नखानु खानै हुँदैन भनेर विश्वको कुन कानुन र धर्म शास्त्रमा लेखिएको छ त्यो मलाई बताई दिए आभारी हुने थिएँ । तेस्रो प्रश्न – नेपालको सुगम ठाउँमा बसेर उच्चशिक्षा हासिल गरेका ब्यक्तिबाट त यस्तो आलोचना गरिन्छ भने अशिक्षित जनताको मानसपटलमा छोरा जन्माउनै पर्छ भन्ने भावनाले कति डेरा जमाएको होला ? चौथो प्रश्न – आठ वर्षकी छोरी साथमा हुँदा छोरा हुँदैनन् भन्ने अभिव्यक्ति दिनुहुन्छ भने मेरो उमेर ६० वर्षको पुग्दा समाजले के भन्ला ? म यस्तै–यस्तै उत्तरको खोजीमा छु । तर मेरा आँखा बेलैमा खोलिदिएकोमा मुरी–मुरी “धन्यवाद” नदिई बस्न सकिन । कसैका विविध समस्या होलान कारणवश चाहेर पनि नभएका होलान्। कसैले छोराको चाहना नराखेको पनिहुन सक्छ के यी सबैलाई निःसन्तान तपाईंको भाषामा (अपुतो)भन्ने अर्थ लाग्ने शब्द प्रयोग गर्नु के न्यायोचित होला? पढे–लेखेका विद्वान्मा त छोरा–छोरी बराबरी हुन्भन्ने भावना जागरुक हुँदैन भने अशिक्षित वर्गको हालत के होला? देश विकास नहुनुमा पनि यस्तै सङ्किर्ण मानसिकता बोकेकाको बाहुल्यता रहेकोले देश र समाज पछाडि परेको मेरो ठम्याई छ। वंशधान्नलाई सन्तान छोरै चाहिन्छ। यो ध्रुव सत्य कुरा हो;यसमा कसैको दुई मत छैन। अझ हाम्रो समाज त झन् “पुरुष प्रधान देश”जहाँ छोरीलाई दोस्रो दर्जाको उपमा दिई हेयको दृष्टिले हेरिन्छ। आखिर छोरी नभई यो सृष्टि कसरी चल्छ बताई दिनु हुन्छ कि! 

        “प्रसङ्ग छोरा र छोरी बीच गरिएको विभेद्को बारेमा चर्चा गर्न चाहेँ। हिन्दु धर्म शास्त्रमा भनिएको छ – “जुन घरमा नारीको अनुपस्थिति हुन्छ त्यहाँ मातालक्ष्मी र दुर्गा भवानीको आगमन हुँदैन रे..! ” यस्तो कुरा मानव जातिले पुराण र शास्त्रमा सुन्दा सुन्दै पनि छोरा र छोरीमा भेदभाव किन गरेका होलान्...? छोरा जन्माउने र छोरी जन्माउने कोख आखिर एउटै हैन र ...?कि एकै घरका छोरा र छोरी जन्माउने आमा फरक–फरक थिएकि छन्? सभ्य समाजमा बसेका शिक्षित विद्वानले छोरा र छोरी बिच भेदभाव र हेयको दृष्टिले हेर्नु न्यायपूर्ण होला किन होला?आफैँ मनन गरौं है! हामी सामाजिक प्राणी हौं, हामी हाम्रै समाजमा बसिरहेका छौं । हाम्रो समाजमा हेर्ने हो भने तपाईंले यस्तै उदाहरणहरू देख्नु भएकैहोला? नदेखेको भएबुझ्न सक्नु हुन्छ । जुन कुरा मैले यहाँ लेख्दै छु नियालेर पढिदिनु होलाभन्ने मैले पूर्ण आशा राखेकोछु । तपाईंं समाजमा नै हुनुहुन्छ नजर लगाउनु होस । कोहीको परिवार ठूलो होला,कोहीको सानो होला, कसैकाबाह्र भाई छोरा होलान् । कसैकानौ ओटी छोरी–छोरी होलान् जस्लाई छोराको तिब्र चाहना होला । छोरा मात्र धेरै हुनेलाई छोरीको चाहनाहँुदो होलाभन्ने बुझ्नेकीनबुझ्ने ? छोरी मात्रहुनेलाई पनि छोराको चाहनापक्कै होला । “कुनै पनि बाबु–आमाले “आफूले चाहे अनुसार सन्तान जन्माउन सक्दैनन्भन्ने कुरा तपाईं जस्तो पढे–लेखेको विद्वान्लाई राम्ररी थाहा होला यदि थाहा नभएकै हो भने अझै पढौ– चिकित्सा परिवार विज्ञान अनि प्रष्ट हुनु हुनेछ । 

    छोरा–छोरी बाबुआमाले चाहेर हुने हो कि! ईश्वरको वरदान भनेर तपाईंं जस्तो विद्वान्ले बुझ्नु जरुरी हुने छ ।छोरा हुनेका छोरी नहोलान्, छोरी हुनेका छोरा नहोलान्; अझ कसै–कसैका त न छोरा न छोरीनै छन. र पनि जस्लाई समाजमा (निःसन्तान,अपुतो) भन्दछ यो समाजले के तपाईंं पनिमलाई यस्तै संज्ञा दिनखोज्नु भएको हो ?यदिहो भने हाम्रो तर्फबाट“हृदय देखिको मुरी–मुरी धन्यवाद ट्क्र्याउँदछौं ।”केवल स्वीकार गरिदिनु होलाभन्ने बिनम्र अनुरोध छ । मैले सुनँे तर यहाँ उल्लेख गरिरहन आवश्यक ठाँनिन र सान्दर्भिक पनि लागेन स्मरण रहोस! अमेरिकी राष्ट्रपति बाराक ओबामाका पनि दुई छोरी मात्र छन रे! ओबामालाई छोराको चाहाना भएन रे, डा. बाबुरामको पनि एक छोरी मानुषी मात्र हुनभने नेपालकी प्रथम महिला राष्ट्रपति विद्या भण्डारीका पनि दुई छोरी छन्भने अन्यवरिष्ठ ब्यक्तिहरूका पनि एक वादुई छोरी मात्र छन् र मेरो पनि एक मात्र छोरी हुँदा तपाईंलाई किन टाउको दुखेको ? यदि टाउको दुखेकै हो भने सिटि स्क्यान  गरी औषधि खान मेरो सुझाछ छ । म यो पनिभन्न चाहन्छुकि “छ बेला लाग्छ घाम, मलजल गरे अवश्यफललाग्ने छ ।”

    अब म यहाँतपाईं लगायत यस्तै सोचाई राख्नेहरूलाई चेतना मूलक जानकारी गराउन चाहन्छु । शहरीया समाजको कुनै एक घरमा एक बाबु–आमाले आठ भाइ छोरा र एक छोरी जन्माएका रहेछन् । छोराहरू १५-१६ वर्ष पुगेपछि घर छाडी परदेश लागेछन् । जेठो गए,माहिलो गए, साहिँलो गए एवम् रितले छोराहरूले घर छोड्दै जाँदै गरेछन् । घरमा कान्छो छोरा–बुहारी र एक छोरी मात्रबाँकी रहेछन् । यसै क्रममा छोरी पनि बाबु–आमाले विवाह गरीअर्काको घरमा पठाई दिएछन् । अब बाँकी रहे बृद्धावस्थाका बाबु–आमा र कान्छा छोरा–बुहारी मात्र ।परदेश गएकाहरू उतै घरजम गरी बसेछन्, आफ्नो जन्मघर अनि बुढा बाबु–आमा सम्झेर कहिल्यै घर फर्केनन् । घरमा रहेका कान्छो छोरा र बुहारीले पनि जन्मदिने बाबु–आमालाई हेला–होचो गर्न थाले । यसै क्रममा एक दिन बुहारीको सल्लाह अनुसार सासु–ससुरालाई बृद्धाश्रममालगि छोड्ने सल्लाह आफ्ना पतिलाई दिईन् । आफ्नी श्रीमतीले दिएको सल्लाहलाई सही मानेर बाबु–आमालाई वृद्धाश्रममा छोडी घर आई आराम साथ बस्दा भए ।यता ती एक्ली छोरीले आफ्ना बाबु–आमालाई छोरा–बुहारीले जङ्गलको बिचमा रहेको आश्रममालगि छोडेको थाहापाई मन खिन्नपारी जङ्लमा रहेको आश्रममा पुगी जन्मदिने बाब–आमालाई आफ्नो घर (छोरिको घरमा) ल्याई आनन्दको साथबसी छोरीकै घरमा देह त्याग गरेछन् । मृत्यु पछिको संस्कार र काजक्रियातिनै छोरीले गरेका घट्नाहाम्रो यस “अन्धो समाज’’मा प्रसस्त उदाहरणहरू छन्भने छोरा हुनेले नहुनेलाई किन हेप्ने ..? छोरी भएको ठाउँमा छोरा हुन सक्छन, छोराले नगरेका काम छोरीले पनि गर्छन् भन्ने कुरा यो समाजमा पढे–गुनेकामूर्ख विद्वान्हरूले किन नबुझेका होलान् ? मेरो यही सोधाई छ ।

   अन्तमा म जस्ता कैयौं होलान् तिनका लाखौं छोरीहरू होलान् । यो लेख पढेर तपाईं जस्ता विद्वान्लाई नधिक्कारुन्भन्ने चाहन्छु । नेपालीमाउखान छ – “बोल्न पाईयो भनेर प्वाक्क नबोल्नु रे! खान पाईयो भनेर क्वाप्प नखानु रे! अनि बस्न पाएभन्दैमा थ्याच्छ नबस्नु रे”किन कि त्यहाँ जे पनिहुन सक्छ है ।
लेखकः शिव शर्मा ‘विरही’     पर्वत, हाल : चितवन

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन